दक्षिण कोरियाकी पूर्व राष्ट्रपति पार्क गेउन हेलाई २४ वर्षको जेल सजाय | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

दक्षिण कोरियाकी पूर्व राष्ट्रपति पार्क गेउन हेलाई २४ वर्षको जेल सजाय

park gauna aaluna

एजेन्सी, २४ चैत । दक्षिण कोरियाकी पूर्व राष्ट्रपति पार्क गेउन हेलाई २४ वर्षको जेल सजाय सुनाइएको छ ।

दक्षिण कोरियाको राजधानी सोलस्थित एक अदालतले भ्रष्टाचारसम्बन्धी मुद्दामा दोषी ठहर गर्दै पूर्वराष्ट्रपति हेलाई २४ वर्ष जेल र १ करोड ७० लाख अमेरिकी डलर बराबर जरिवानाको सजाय सुनाएको हो । भ्रष्टाचारसम्बन्धी मुद्दामा ६६ बर्षिय हे थुनामा थिइन् ।

भ्रष्टाचारको आरोपमा उनलाई एक वर्षअघि नियन्त्रणमा लिइएको थियो । दक्षिण कोरियाको पहिलो महिला राष्ट्रपति बन्न सफल हेलाई पदमा रहँदा शक्तिको दुरुपयोग गरेको आरोप लागेपछि संसद्ले महाभियोग लगाएर बर्खास्त गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);