बंगलादेशमा फेरि विष्फोट, प्रहरी अधिकारी सहित तीन जना मारिए | ईमाउण्टेन समाचार

Our Network

असोज २२ २०८३, शुक्रबार

बंगलादेशमा फेरि विष्फोट, प्रहरी अधिकारी सहित तीन जना मारिए

बंगलादेशको उत्तर पूर्वी शहर सिलहटमा दुई वटा बम विस्फोट, कम्तिमा तीन जनाको मृत्यु, प्रहरी र विद्रोहीबीचको भिडन्त जारी

बंगलादेशमा फेरि विष्फोट

काठमाडौं । बंगलादेशको उत्तर पूर्वी शहर सिलहटमा भएको दुई वटा बम विस्फोटनमा परि तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा एक जना प्रहरी अधिकारी पनि रहेको सरकारी अधिकारीले बताएका छन् । ज्यान जाने अरु दुई जना मध्ये एक जना आक्रमणकारी हुन सक्ने सिलहटका प्रहरी प्रवक्ताले बताएका छन् ।

घटनामा ४० जना घाइते भएका छन् । बिद्रोही र सुरक्षाकर्मीबिच भिडन्त भइरहेको भवन नजिक विस्फोट भएको हो ।

सिलहटमा सुरक्षाकर्मीले बिद्रोही विरुद्ध कारवाही अभियान चलाइरहेको छ । अहिले बिद्रोहीलाई पक्राउ गर्ने अभियान तीबा पारिएको स्थानीय अधिकारीले बताएका छन् ।

Leave a Reply