पाँच वर्षभित्रै खाद्यान्नमा आत्मनिर्भर हुने प्रदेश ३ को योजना | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८३, मंगलबार

पाँच वर्षभित्रै खाद्यान्नमा आत्मनिर्भर हुने प्रदेश ३ को योजना

krishi

हेटौंडा, ६ असार । प्रदेश ३ सरकारले आगामी ५ वर्षभित्र प्रदेशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने महत्वकांक्षी योजना अघि सारेको छ ।

फलफूल, तरकारी, पुष्प, मह, च्याउ, माछा, मासु, अण्डा र दूधमा भने तीनवर्षभित्रै आत्मनिर्भर बनाइने पनि लक्ष्य राखिएको छ । असार १ गते सार्वजनिक गरेको आगामी आबको बजेटमा प्रदेश सरकारले कृषिमा उत्पादनको आधारमा अनुदानको घोषणा गरे पनि आत्मनिर्भरताको ठोस आधार भने पेश गरिएको छैन ।

प्रदेश सरकारले आगामी आबमा भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयलाई चार अर्ब ९२ करोड ८८ लाख ४४ हजार अर्थात दश दशमलव ३५ प्रतिशत बजेट छुट्याएको छ । भूमिको चक्लाबन्दी गरी विशिष्टिकृत उत्पादन क्षेत्र निर्धारण गर्न भन्दै प्रत्येक निर्वाचन क्षेत्रमा एक÷एकवटा नमूना कृषि फार्म बनाउने योजना अघि सारिएको छ ।

प्रदेशको ६६ वटै निर्वाचन क्षेत्रमा नमूना कृषि फार्म बनाउन २० करोड रुपैया“ छु्ट्याइएको छ । सिन्धुलीको दुधौली, चितवनको माडी, नुवाकोट र सिन्धुपाल्चोकलगायतका स्थानमा सामुहिक खेती प्रवद्र्धन गरी उत्पादन बढाउने लक्ष्य लिइएको छ । यो समाचार आजको कारोबार दैनिकमा लेखेको छ ।