नेपालमा क्रिस्चियन लगानी बर्सेनि बढ्दै, आईएनजीओमार्फत पाँच वर्षमा साढे ८ अर्ब खर्चंदै | ईमाउण्टेन समाचार

Our Network

चैत २९ २०८०, बिहीबार

नेपालमा क्रिस्चियन लगानी बर्सेनि बढ्दै, आईएनजीओमार्फत पाँच वर्षमा साढे ८ अर्ब खर्चंदै

ngo

काठमाडौं, ६ असार । नेपालमा क्रिस्चियन लगानी बर्सेनि बढ्दै गएको छ । क्रिस्चियनसँग जोडिएका अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थामार्फत नेपालमा यो वर्ष १ अर्ब ९९ करोड रुपैयाँ खर्च भएको छ ।

आर्थिक वर्ष २०७६/७७ को तुलनामा यो दोब्बरले बढेको हो । आर्थिक वर्ष २०७६/७७ मा ती संघसंस्थाले यस क्षेत्रमा ३ अर्ब ९३ करोड रुपैयाँ लगानी गर्दै छन् ।  आगामी पाँच वर्षभित्रमा क्रिस्चियनसँग जोडिएका अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले ८ अर्ब ५४ करोड १२ लाख १८ हजार रुपैयाँ खर्च गर्ने गरी नेपालमा परियोजना सञ्चालन गर्ने भएका छन् ।

विशेष गरी चीनसँग सीमा जोडिएको जिल्लामा ती गैरसरकारी संस्थाले शिक्षा, स्वास्थ्य र उद्यमशीलता कार्यक्रमको नाममा बढी लगानी गरेका छन् । भूकम्पपछि पुनर्निर्माण र आवास, महिला बालबालिकासँग सम्बन्धित कार्यक्रममा ती रकम खर्च हुने भएका छन् । सबै संघसंस्थाले नेपाल सरकार र समाज कल्याणमार्फत स्वीकृत लिएर काम गरिरहेका छन् ।

समाज कल्याण परिषद्बाट प्राप्त तथ्यांकलाई विश्लेषण गर्दा यो वर्षभन्दा आगामी आर्थिक वर्षमा क्रिस्चियन संघसंस्थाको लगानी २ अर्बले बढेको देखिन्छ । २५ वटाभन्दा बढी गैरसरकारी संस्था (एनजीओ)मार्फत नेपालमा ३ अर्ब ९३ करोड रुपैयाँ लगानी गर्ने तयारीमा छन् । महिला तथा बालबालिका, क्षमता अभिवृद्धि, आवास, सहकारी तथा उद्यम, स्वास्थ्य, पुनर्निर्माण, शिक्षा, दलित, आदिवासी, कृषिलगायतका क्षेत्रमा उनीहरूको लगानी छ । विशेष गरी ग्रामीण क्षेत्रका स्थानीयलाई लाभान्वित हुनेगरी कार्यक्रम आयोजना गर्ने लागेको हो । यो समाचार आजको राजधानी दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);