संयुक्त राष्ट्रसंघका मानवअधिकार अनुगमनकर्तालाई म्यानमार प्रवेशमा रोक | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

एजेन्सी, ६ पुष । प्रजातन्त्रवादी नेतृ आङसाङ सूकी सहभागी म्यानमार सरकारले संयुक्त राष्ट्रसंघका मानवअधिकार अनुगमनकर्तालाई आफ्नो मुलुकमा प्रवेश गर्न रोक लगाउने निर्णय गरेको छ ।

म्यानमानरमा मानवअधिकारको अवस्थाबारे अनुगमन गर्न संयुक्त राष्ट्रसंघीय विशेष दूत याङही लि आउँदो जनवरीमा म्यानमार जाने तयारी थियो । तर म्यानमारले याङहीलाई आफ्नो देश आउन नदिने निर्णय गरेको हो । राष्ट्रसंघले रखाइन प्रान्तमा रहेका रोहिंग्या मुसलमानमाथि भएको हिंसाका बारेमा अनुगमन गर्ने तयारी गरेको थियो । राष्ट्रसंघले आफ्ना अनुगमनकर्तालाई रोक लगाउने म्यानमार सरकारको निर्णयप्रति आपत्ति जनाएको छ ।

 

म्यानमारका अधिकारीले मंगलबार रखाइन प्रान्तको एक गाउँमा १० जनाको सामूहिक चिहान फेला परेको बताएका थिए । रखाइन प्रान्तमा गत अगस्टदेखि सुरु भएको रोहिंग्या मुसलमानमाथिको हिंसाका कारण अहिलेसम्म ६ लाख ५० हजारभन्दा बढी छिमेकी देश बंगलादेशमा विस्थापित भएका छन् । रोहिंग्यामाथि भएको हिंसाको अन्तर्राष्ट्रियस्तरमा विरोध भइरहेको छ । यसैबिच म्यानमार सरकारले बंगलादेशको ढाका लगायत विभिन्न ठाउँमा विस्थापित रोहिंग्या समुदायलाई अबको १० दिनपछि फिर्ता गर्ने प्रक्रिया सुरु गर्ने बताएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);