जेरुसेलमलाई इजरायलको राजधानी बनाउने अमेरिकी निर्णय संयुक्त राष्टसंघको महासभाद्वारा अस्वीकार | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

काठमाडौं, ७ पुष । संयुक्त राष्ट्रसंघको महासभाले जेरुसलेमलाई इजरायलको राजधानीको रुपमा मान्यता दिने अमेरिकी निर्णयलाई अस्वीकार गरिदिएको छ ।

महासभामा भएको मतदानमा बहुमत सदस्य राष्ट्रले जेरुसेलमलाई राजधानीको मान्यता दिने अमेरिकी प्रस्तावको विपक्षमा मत दिएका छन् । १ सय २८ देशले अमेरिकी घोषणाको विपक्षमा मतदान गरेका छन् भने ८ मुलुकले मात्र निर्णयको समर्थन गरेका छन् । इजरायल, ग्वाटेमाला, होन्डुरस, द सार्शाल आइल्याण्ड, माइक्रोनेसिया, नाउरु, पालाउ र टोगोले मात्र जेरुसेलमलाई राजधानी मान्नु पर्ने पक्षमा मत दिएका हुन् ।

 

३५ देश भने मतदानमा सहभागी भएनन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तराष्ट्रिय आलोचनाका बाबजुद जेरुसेलमलाई इराजरायलको राजधानीको रुपमा घोषणा गर्नुभएको थियो । मतदान हुनुअघि ट्रम्पले जेरुसेलमलाई इजरायलको राजधानी नमान्ने देशलाई आफूहरुले दिँदै आएको आर्थिक सहयोग बन्द गर्ने चेतावनी दिनुभएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);