इजरायल र प्यालेस्टाइनको सीमा क्षेत्रमा तनाव, ५८ काे मृत्यु, २७ सय बढी घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

इजरायल र प्यालेस्टाइनको सीमा क्षेत्रमा तनाव, ५८ काे मृत्यु, २७ सय बढी घाइते

एजेन्सी, १ जेठ । अमेरिकाले सात दशक पुरानो नीति परिवर्तन गर्दै जेरुसेलमलाई इजरायलको राजधानीको दर्जासहित आफ्नो दूतावास स्थापित गरेपछि तनाव सिर्जना भएको छ ।

जेरुसेलममा अमेरिकी दूतावास खोलेको विरोधमा प्यालेस्टिनी नागरिकले सीमा क्षेत्र गाजामा गरेको प्रदर्शनमा इजरायली सेनाले आक्रमण गर्दा ५८ जना प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ भने २७ सय जना भन्दा बढी घाइते भएका छन् ।

मध्यपूर्व एक पटक फेरि अशान्त बनेको छ । प्यालेष्टिनीको व्यापक विरोधका वावजुद अमेरिकाले आफ्नो दूतावासलाई तेल अबिबबाट जेरूसेलममा सारेपछि तनाव सिर्जना भएको हो ।

इजरायलको ७० औँ बार्षिकोत्सवको दिन अमेरिकाले जेरुसेलममा अमेरिकी दुतावास स्थापना गरेको हो । सोमबार अमेरिकाले जेरुसेलममा दूतावासको उद्घाटन गर्दै गर्दा सीमा क्षेत्र गाजाका विभिन्न १३ स्थानमा ४० हजारभन्दा बढी प्यालेस्टिनी समर्थकहरु प्रदर्शनमा उत्रिए ।

प्रदर्शनकारीमाथि इजरायली सेनाले आक्रमण गर्दा धेरै प्यालेष्टीनीहरुको मृत्यु भयो, भने २७ सय जना भन्दा बढी घाइते भए । गाजा क्षेत्रमा सन् २०१४ देखि भएका अन्दोलनका घटनामध्ये यसपटक सबैभन्दा बढी मानवीय क्षती भएको हो ।

दूतावासको उद्घाटन अघि नै हिंसा भड्केको थियो । अमेरिकाले भने घटनाको जिम्मेवारी प्यालेस्टिनी समूह हमासले लिनुपर्ने बताएको छ । अन्तर्राष्ट्रिय समुदायले थप क्षति हुन नदिन दुवै देशलाई संयमता अपनाउन अनुरोध गरेको छ ।

युरोपियन युनियन, कुवेत, जर्मनी, बेलायत, फ्रान्स, टर्की, दक्षिण अफ्रिका, संयुक्त राष्ट्रसंघलगायतले घटनाप्रति दुःख व्यक्त गर्दै घटनाको स्वतन्त्र रुपमा छानविन गर्न र शान्तिपूर्ण तवरबाट समस्या सुल्झाउन आग्रह गरेका छन् ।

संयुक्त राष्ट्रसंघले गाजामा मानव अधिकारको चरम उल्लंघन भएको बताएको छ । प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले घटनालाई एउटा नरसंहारको संज्ञा दिनुभएको छ । फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोनले प्रदर्शनकारीमाथि इजरायली सशस्त्र फौजबाट गरिएको हिंसाको भत्र्सना गर्नुभएको छ ।

बेलायतले भने आफ्नो सिमानाको रक्षा गर्न पाउने इजरायलको अधिकार भएको भन्दै उच्च संयम अपनाउन आग्रह गरेको छ । इजरायल जेरुसेलमलाई आफ्नो अविभाजित राजधानी मान्छ जवकि प्यनलेस्टाइनहरु सन् १९६७ को अरब युद्धमा इजराइलले कब्जा गरेको पूवी जेरुसेलमलाई भावी राजधानी मान्दै आएका छन् ।

संसारको प्राचिन शहरमध्ये एक जेरुसेलमलाई लिएर इसाइहरुले पनि आफ्नो धर्मको आस्था केन्द्र मान्दै आएका छन । जेरुसेलमको एकतिहाइ आवादी प्यालेस्टाइन मूलकै रहेका छन् जुन परिवार लामो समयदेखी जेरुसेलममा बस्दै आएका छन ।

६४ प्रतिशत यहुदी ३५ प्रतिशत अरबी र १ प्रतिशत अन्य धर्मावलम्बीहरु बस्ने जेरुसेलमको जनसंख्या ८ दशमलव ८२ लाख रहेको छ । जेरुसेलमलाई इजरायल र प्यालेष्टीनी दुबैले आफ्नो राजधानी बनाउन खोज्दा विवाद चर्किएको हो ।

सन् १९८० मा इजरायलले जेरुसेलमलाई राजधानी घोषणा गरेपछि संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदले इजरायलीको कब्जाको बिरोध गर्दै आलोचना गरेको थियो । अन्तर्राष्ट्रिय समुदायले पनि जेरुसेलममाथि इजरायलको आधिपत्यको बिरोध गर्दै आएको छ ।

सन् १९४७ मा संयुक्त राष्ट्रसंघले जेरुसेलमको बिभाजनको रेखाङकित गरे । सन १९४८ मा इजरायल स्वतन्त्र भएपछि जेरुसेलमको पश्चिमी हिस्सा इजरायल र पूर्बी हिस्सा जोर्डनको भागमा परेको थियो । तर, सन १९६७ मा इजरायलले जोर्डनसँग युद्ध गरेर पूर्वी हिस्सा पनि खोसेको थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);