अमेरिकी राष्ट्रपति ट्रम्पसँगको शिखर वार्ता रद्द गर्ने उत्तर कोरियाको निर्णय | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

अमेरिकी राष्ट्रपति ट्रम्पसँगको शिखर वार्ता रद्द गर्ने उत्तर कोरियाको निर्णय

donald trump

काठमाडौं, २ जेठ । उत्तर कोरियाले जुन १२ मा हुने भनिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको शिखर वार्ता रद्द गरेको छ ।

अमेरिकासँग दक्षिण कोरियाले गरेको संयुक्त सैन्य अभ्यासबाट रुष्ट बनेको उत्तरकोरियाले अमेरिकासँगको उच्चस्तरीय वार्ता रद्द गरेको हो । उत्तर कोरियाको सरकारी सञ्चारमाध्यम केसीएनएले तत्कालका लागि उच्चस्तरीय वार्ता स्थगत भएको पुष्टि गरेको छ । यता आजका लागि तय भएको दक्षिण कोरियासँगको उच्चस्तरीय वार्ता पनि रद्द गरिएको छ । आज दुई कोरियाबीच उच्चस्तरीय वार्ता हुने पुर्व निर्धारीत कार्यक्रम थियो ।

अमेरिका र दक्षिण कोरियाले १९५३ को द्धिपक्षीय सम्झौता अनुुसार संयुक्त सैन्य अभ्यास गर्दै आएका छन् । तर, उत्तर कोरियाले अभ्यासका विषयमा आपत्ति जनाउँदै आएको छ । यसअघि, उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनबीच भएको छलफल पछि कोरियाली प्रायद्धीपलाई परमाणु हतियार मुक्त गर्ने सहमति भएको थियो । उत्तर कोरियाको पछिल्लो कदमलाई दक्षिण कोरिया र अमेरिकाले आश्चर्यजनक भएको बताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);