अर्थतन्त्रमा गहिरो मन्दी देखिने विश्व बैंकको प्रक्षेपण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

अर्थतन्त्रमा गहिरो मन्दी देखिने विश्व बैंकको प्रक्षेपण

काठमाडौं । विश्व बैंकले अर्थतन्त्रमा गहिरो मन्दी देखिने प्रक्षेपण गरेको छ ।

सन् २०२३ को पहिलो प्रक्षेपण सार्वजनिक गर्दै विश्व बैंकले अर्थतन्त्रमा गहिरो मन्दी देखिने भन्दै त्यसको प्रभाव लामो समयसम्म रहने प्रक्षेपण गरेको हो । विश्व बैंकको प्रक्षेपण अनुसार सन् २०२३ मा विश्वको आर्थिक वृद्धिदर एक दशमलब सात प्रतिशतमा सीमित हुनेछ । बैंकले छ महिना अघि गरेको प्रक्षेपणमा अर्थतन्त्रको बृद्धदर तीन प्रतिशत रहने अनुमान गरेको थियो ।

विश्व बैंकका अनुसार नेपालमा भने अहिलेसम्मको अवस्थाबाट अर्थतन्त्र स्थिर रहने अनुमान छ । नेपालले चालु आवमा ५.१ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त गर्ने विश्व बैंकको प्रक्षेपण छ । नेपालबारे विश्व बैंकको प्रक्षेपणमा भने परिवर्तन गरिएको छैन ।

दक्षिण एसियाली मुलुकमध्ये यस वर्ष नेपाल भन्दा माथि माल्दिभ्स, भारत र बंगलादेशको आर्थिक वृद्धि राम्रो रहने छ । श्रीलंकाको आर्थिक वृद्धिदर भने नकारात्मक नै रहने विश्व बैंकको अनुमान छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);