सन् २०२३ मा विश्व अर्थतन्त्र मन्दीमा रहने प्रक्षेपण | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

सन् २०२३ मा विश्व अर्थतन्त्र मन्दीमा रहने प्रक्षेपण

काठमाडौं । सन् २०२३ मा विश्वभर अर्थतन्त्र मन्दीमा रहने प्रक्षेपण बहुराष्ट्रिय निकाय अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले सार्वजनिक गरेको छ ।

कोषका अनुसार सन् २०२३ मा विश्वब्यापी बृद्धि २ दशमलब ९ प्रतिशत रहने अनुमान छ । यसअघि विश्व बैंकले १ दशमलब ७ प्रतिशत मात्र आर्थिक वृद्धिदर हुने अनुमान गरेको थियो । आईएमएफका अनुसार यस वर्ष मन्दीमा जाने अर्थतन्त्र आगामी वर्ष सन् २०२४ मा भने ३ दशमलब १ प्रतिशत वृद्धिदर प्राप्त हुनेछ ।

सन् २०२२ मा ग्लोबल ग्रोथरेट ३ दशमलब ४ प्रतिशत थियो । सन् २०२३ मा विश्वको ठूला अर्थतन्त्र भएका मुलुकहरु बढी मन्दीमा जानेछन् । जसले समग्र विश्व अर्थतन्त्र मन्दीमा आउने अनुमान गरिएको छ । अमेरिकाको वृद्धिदर यस वर्ष १ दशमलब ४ प्रतिशत मात्र रहने छ । युरोपको औसतः शून्य दशमलव ७ प्रतिशत मात्र रहने छ । मध्यपूर्वी एसियाको अर्थतन्त्र ३ दशमलब २ प्रतिशतले बढ्दा एसियाका विकाससिल मुलुकहरुको अर्थतन्त्र ५ दशमलब ३ प्रतिशत रहने भएको छ ।

नेपाल, भारतसहितका मुलुक यसै समूहमा छन् । ल्याटिन अमेरिका र क्यारेवियन मुलुकहरुको वृद्धिदर १ दशमलब ८ प्रतिशत र अफ्रिकाको ३ दशमलब ८ प्रतिशत मात्र रहने आईएमएफको प्रक्षेपण रहेको छ । विश्व अर्थतन्त्रको ग्रोथ सन् २००० देखि सन् २०१९ को बीचमा ३ दशमलब ८ प्रतिशतको औसतमा थियो । यस वर्ष सो औसतभन्दा पनि तल ओर्लिने अनुमान आईएमएफले गरेको हो । कोभिड–१९ महामारीबाट उठ्दै गरेको विश्व अर्थतन्त्रलाई रुस–युक्रेनले नराम्रो धक्का दिएको छ । यसको असर वर्षभर नै भोग्नु पर्ने देखिएको आईएमएफले जनाएको छ ।

यस वर्ष मुद्रास्फीति औसत ६ दशमलब ६ प्रतिशत रहने अनुमान छ । सन् २०२२ मा विश्वले मुद्रास्फीति ८ दशमलब ८ प्रतिशत थियो । सन् २०२४ मा भने ४ दशमलब ३ प्रतिशतमा आउने देखिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);