नेपालको आर्थिक वृद्धिदर आगामी दुई वर्ष ४ दशमलव ५ प्रतिशतमा सिमित हुने विश्व बैंकको प्रक्षेपण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

१ असोज, काठमाडौं । विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर आगामी दुई आर्थिक वर्ष ४ दशमलव ५ प्रतिशतमा सिमित हुने प्रक्षेपण गरेको छ ।

विश्व बैंकले यसअघि ५ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेकोमा त्यो प्रक्षेपण घटाएको हो । बैंकले सन् २०१८ मा नेपालको आर्थिक वृद्धि ५ प्रतिशतको दरमा र सन् २०१९ मा ४ दशमलव ५ प्रतिशतको दरमा हुने यसअघि प्रक्षेपण गरेको थियो । सरकारले चालु आर्थिक बर्षमा आर्थिक वृद्धि ७ दशमलव २ प्रतिशत पुग्ने प्रक्षेपण गरेको थियो ।

विश्व बैंकले हालै तराईमा गएको बाढिले करिब ५ प्रतिशत जनसंख्या र दक्षिण तराईको ८० प्रतिशत जमिन प्रभावित भएको उल्लेख गरेको छ । बाढिको कारण कृषि र आर्थिक क्रियाकलापमा भएको क्षति र यसैको कारण गरिबी न्युनिकरणमा भइरहेको सरकारी प्रयासमा पर्ने दबाबले सन् २०१८ मा आर्थिक वृद्धि लक्ष्य अनुसार हासिल गर्न कठिन हुने विश्व बैंकको आंकलन छ ।

त्यस्तै, गत आर्थिक बर्षमानै बजेट घाटा कुल गार्हस्थ उत्पादनको ३ दशमलव ३ प्रतिशत बराबर रहेको, कतार लगायतका खाडी मुलुकमा देखिएको तनावले रेमिट्यान्स आप्रवाह घट्ने भएको र भारतले हालै अंगिकार गरेको जीएसटी कर प्रणालीले नेपालबाट निर्यात प्रभावित भएकोले पनि आर्थिक वृद्धि अपेक्षा अनुसार नबढ्ने विश्व बैंकको ठहर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);