दक्षिण एसियामा विश्वकै उच्च आर्थिक वृद्धि, नेपाल तेस्राे स्थान | ईमाउण्टेन समाचार

Our Network

फागुन २९ २०८०, मंगलबार

दक्षिण एसियामा विश्वकै उच्च आर्थिक वृद्धि, नेपाल तेस्राे स्थान

world-bank

काठमाडौं, २६ चैत । यस वर्ष नेपाल दक्षिण एसियामा तेस्रो उच्च आर्थिक वृद्धि हुने मुलुक बन्ने विश्व बैंकले जनाएको छ । सोमबार दक्षिण एसिया आर्थिक फोकस सार्वजनिक गर्दै विश्व बैंकले नेपालमा यो वर्ष (सन् २०१९मा) ६ प्रतिशत आर्थिक वृद्धि हुने जनाएको हो । यो भारत र बंगलादेशपछिको उच्च आर्थिक वृद्धि हो ।

भारतमा यस वर्ष ७ दशमलव ५ प्रतिशत र बंगलादेशमा ७ दशमलव ३ प्रतिशत आर्थिक वृद्धि हुने उसको प्रक्षेपण छ । यस क्षेत्रमा सबैभन्दा कमजोर आर्थिक वृद्धिदर अफगानिस्तानमा २ दशमलव ५ प्रतिशत हुँदै छ । आगामी वर्षमा नेपालको आर्थिक वृद्धि बढ्दै जाने पनि विश्व बैंकले प्रक्षेपण गरेको छ । बैंकले आउने दुई वर्ष २०२० र २०२१ मा क्रमशः ६ दशमलव १ र ६ दशमलव २ प्रतिशत आर्थिक वृद्धि हुने जनाएको हो ।

‘पर्यटनका कारण सेवा क्षेत्रको वृद्धिदर उच्च हुनेछ । आगामी वर्षबाट मुलुककै सबैभन्दा ठूलो सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन आउने भएकाले त्यसले उत्पादनमूलक क्षेत्रमा पनि उत्साह ल्याउनेछ,’ प्रतिवेदनले भनेको छ । यो समाचार नयाँ पत्रिकामा प्रकाशित छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);