यो मानेमा नेपाल अमेरिकाको सबैभन्दा नजिक, त्यसैले पायो ५० करोड डलर | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाडौँ, ३० भदौ । अमेरिकाले नेपाललाई करिब ५० अर्ब रुपैयाँ सहयोग गर्ने सम्झौतामा हस्ताक्षर भएको छ। अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यक्रममार्फत नेपाललाई ५० करोड अमेरिकी डलर सहयोग गर्ने भएको हो।

अमेरिकी विदेश मन्त्रालयमा आयोजित कार्यक्रममा नेपालको तर्फबाट अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र एमसीसीको तर्फबाट जोनाथन नाथले सम्झौतामा हस्ताक्षर गरेका छन्। यो सम्झौता अनुसार कुल ६३ करोड डलरको कोष हुनेछ, जसमा नेपाल सरकारको १३ करोड डलरको योगदान हुनेछ भने अमेरिकी सरकारको ५० करोड डलर सहयोग हुनेछ।

यो रकम मार्फत नेपालको सडक सुधार र विद्युत् विकासका लागि एक एकीकृत योजना बनाइनेछ। अमेरिकी सरकारको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) अन्तर्गत नेपाल यो सुविधा पाउने दक्षिण एशियाली क्षेत्रको एक मात्र देश हो। सहयोग रकमबाट करिब ३ सय किलोमिटर लामो हाई भोल्टेज विद्युत् लाइन निर्माण गरिनेछ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);