भोजपुरको दक्षिणी क्षेत्रमा खाध्यान्न तथा दैनिक उपभोग्य बस्तुको ढुवानी सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

गोपाल पोखरेल,१ असोज, उदयपुर । दशैं तिहारलगायतका चाडपर्व नजिकिएसँगै भोजपुरको दक्षिणी क्षेत्रमा खाध्यान्न तथा दैनिक उपभोग्य बस्तुको ढुवानी सुरु भएको छ । सडक यातायातले नछोएका र उदयपुरसँग जोडिएका त्यस क्षेत्रका तीनवटा गाउँपलिकाका सर्वसाधारणलाई दशैंमा दैनिक उपभोग्य सामग्री अभाव हुन नदिन व्यापारीले उदयपुरको रानीटारबाट सामग्री ढुवानी सुरु गरेका हुन् ।

व्यापारीले उदयपुरको बेल्टार बजारबाट ट्रयाक्टरमार्फत रानिटारसम्म सामान ढुवानी गरी रानिटारस्थित सुनकोसी नदीको झोलुंगे पुलमा स्थानीय मजदुरलाई बोकाएर भोजपुरतर्फ सामान लैजाने गरेका छन् । दशै आउन लागेकोले हिजोआज दैनिक ५ हजार क्विन्टलसम्म खाद्यान्न र त्यही अनुपातमा दैनिक उपभोग्य सामग्री ढुवानी हुने गरेको छ ।

व्यापारीले उदयपुरको बेल्टारदेखि रानिटारसम्मको ३५ किलोमिटर लामो कच्ची सडकमा ट्रयाक्टरमार्फत सामान ढुवानी गर्ने गरेका छन् । सुनकोसी नदीमा रहेको झोलुं्गे पुलमा स्थानीय मजदुरलाई बोकाएर भोजपुरको सिमानामा सामान पु¥याउने र ट्रयाक्टरबाटै आमचोक, हतुवागढी र रामप्रसाद गाउँपालिकाका विभिन्न वडाहरुमा लैजाने गरेका छन् ।

उदयपुर र भोजपुर दुवैतर्फको सडक कच्ची भएकाले सामान्य पानी पर्दा पनि सडक बिग्रने र ट्रयाक्टर पनि चल्न नसक्ने अबस्था छ । पानी आएपछि सडक बिग्रिने र दशैंतिहारमा सामान अभाव हुने त्रास रहेकाले चाडपर्वमा सामान अभाव हुन नदिन अहिले पानी नपरेको समयमा धमाधम सामान ढुवानी गरिएको व्यापारीको भनाइ छ ।

भोजपुरका आमचोक, हतुवागढी र रामप्रसाद गाउँपालिकाका केन्द्रसम्म कच्ची सडक पुगे पनि अधिकांश वडामा सर्वसाधारण आफैंले बोकेर सामान ढुवानी गर्नुपर्ने अवस्था छ । बेल्टारदेखि रानिटारसम्मको ३५ किलोमिटर लामो सडकको मात्रै स्तरोन्नति गर्ने हो भने पनि भोजपुरको दक्षिणी क्षेत्रमा बसोबास गर्ने हजारौं सर्वसाधारणलाई दैनिक उपभोग्य तथा अन्य सामग्री ढुवानीमा सहज हुने देखिन्छ ।

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);