भोजपुरमा दैनिक उपभोग्य बस्तुको ढुवानी सुरु | ईमाउण्टेन समाचार

Our Network

भदौ १५ २०८१, शनिबार

भोजपुरमा दैनिक उपभोग्य बस्तुको ढुवानी सुरु

dhuwani

गोपाल पोखरेल
उदयपुर, १० असोज
। दशै तिहार लगायतका चाडपर्व नजिकिए सँगै भोजपुर जिल्लाको दक्षिणी क्षेत्रमा खाध्यान्न तथा दैनिक उपभोग्य बस्तुको ढुवानी सुरु भएको छ । सडक सन्जालले नछोएका र उदयपुरसँग जोडिएका ३ वटा गाउँपलिकाका सर्वसाधारणलाई चार्डपर्वमा दैनिक उपभोग्य सामग्रीको अभाव हुन नदिन व्यापारीले उदयपुरको रानीटारबाट सामग्री ढुवानी सुरु गरेका हुन् ।

व्यापारीले उदयपुरको बेल्टार बजारबाट ट्याक्टर मार्फत रानिटारसम्म सामान ढुवानी सुरुगरेका हुन् । ब्यापारीहरुले अहिले सुनकोसी नदीको झोलुङगे पुलमा स्थानीय मज्दुरलाई बोकाएर भोजपुरतर्फ सामान धमाधम लगिरहेका छन् । हिजोआज रानिटारबाट दैनिक ४ हजार क्वीन्टलदेखि ५ हजार क्विन्टलसम्म खाध्यान्न र त्यही अनुपातमा अन्य दैनिक उपभोग्य सामग्री भोजपुरतर्फ ढुवानी हुन थालेको छ ।

व्यापारीले उदयपुरको बेल्टारदेखि रानिटारसम्मको ३५ किलोमिटर लामो कच्ची सडकमा ट्याक्टरमार्फत सामान ढुवानी गर्ने गरेका छन् । सुनकोसी नदीमा रहेको झोलुङ्गे पुलमा स्थानीय मज्दुरलाई बोकाएर सामान भोजपुर जिल्लाको सिमानामा पु¥याउने र ट्याक्टरबाटै आमचोक, हतुवागढी र रामप्रसाद गाउँपालिकाका विभिन्न वडाहरुमा लैजाने गरेका छन् ।

उदयपुर र भोजपुर दुवै तर्फको सडक कच्ची भएकाले सामान्य पानी पर्दा पनि सडक विग्रने र ट्याक्टर पनि चल्न नसक्ने अबस्था छ । पानी आएपछि सडक बिग्रिने र दशै तिहारमा सामान अभाव हुने त्रासले चाडपर्वमा सामान अभाव हुन नदिन अहिलेनै पानी नपरेको समयमा धमाधम सामान ढुवानी गरिएको व्यापारीहरु बताउँछन् ।

बेल्टारदेखि रानिटारसम्मको ३५ किलोमिटर लामो सडकको मात्रै स्तरोन्नति गर्ने हो भने पनि भोजपुर जिल्लाको दक्षिणी क्षेत्रमा बसोबास गर्ने हजारौं सर्वसाधारणलाई दैनिक उपभोग्य तथा अन्य सामग्री ढुवानीमा सहज हुने थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);