आकाशियो सिमकोटमा दैनिक उपभोग्य वस्तुको मूल्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

आकाशियो सिमकोटमा दैनिक उपभोग्य वस्तुको मूल्य

हुम्ल । हुम्ला सदरमुकाम सिमकोटमा दैनिक उपभोग्य वस्तुको मूल्य अप्रत्याशित रूपमा आकाशियको छ । नेपालगञ्ज, सुर्खेतबाट हवाई उडान निकै कम हुँदा सदरमुकाम सिमकोटमा दैनिक उपभोग्य वस्तु आयात नभएपछि मूल्य आकाशिएको हो ।

दसैँयता निजी एयरलाइन्सले यात्रु मात्रै ओसारि रहेका कारण सामग्री आयात नहुँदा सिमकोटमा तेल, चिनी, बेसार, मसला तरकारीलगायत दैनिक उपभोग्य वस्तुको मूल्य अस्वाभाविक रूपमा बढेको छ ।

धारा तेल लिटरकाे दुई सय ४० र स्वस्तिक तेल लिटरकाे एक सय ९० रुपैयाँ पुगेको छ । यसअघि सिमकोटमा धारा तेलको एक सय ५० र स्वस्तिक तेलको मूल्य एक सय ४० रुपैयाँसम्म पर्ने गरेको थियो । दैनिक उपभोग्य वस्तुको मूल्य आकासिएपछि उपभोक्ता मारमा परेका छन् ।

हवाई माध्यामको भरमा सिमकोटमा ढुवानी हुँदै आएको दैनिक उपभोग्य वस्तु आयात नहुँदा यहाँका व्यापारीहरूले महँगो मूल्यमा बिक्री गर्ने गरेका छन् । जसकारण उपभोक्ताले चर्को मूल्य तिरेर भान्सामा प्रयोग हुने वस्तु खरिद गर्नुपरेको छ ।

लामो समयसम्म जिल्ला बाहिरबाट सामग्री आयात नहुँदा मूल्य बजारमा एकाएक आकासिएपछि उपभोक्ता मर्कामा परेका छन् । राज्यको अनुगमन निकाय फितलो भएकाले बजारमा व्यापारीले मनपरी गरेको उपभोक्ताको गुनासो छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);