बन्दाबन्दी सुरु भएपछि डोटीमा उपभोग्य वस्तु मूल्य वृद्धि | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

बन्दाबन्दी सुरु भएपछि डोटीमा उपभोग्य वस्तु मूल्य वृद्धि

डाेटी । बन्दाबन्दी सुरु भएपछि डोटीमा बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि भएको छ । दाल,चामल,तेलदेखि तरकारी लगायत दैनिक उपभोग्य वस्तुहरूमा मूल्य वृद्धि भएको उपभोक्ताहरुले आरोप लगाएका हुन् ।

डोटीका प्रमुख बजार पिपल्ला, राजपुर, सिलगढी, दिपायल, विपीनगर, खड्यौली गोपघाट क्षेत्रमा प्रायः दैनिक उपभोग्य वस्तुको बजार मूल्य अघिल्लो महिनाको तुलनामा ५० प्रतिशतसम्म बढाइएको छ । कोरोना सङ्क्रमणको समयमा बजार अनुगमन हुन नसकेका कारण व्यापारीले दैनिक उपभोग्य वस्तुमा मनपरी मूल्य लिन थालेको उपोभोक्ताहरुको गुनासो छ ।

९० रुपैयामा पाइने ५०० एमएलको खानेतेल अहिले १ सय ४५ लिन थालिएको छ । अन्य खाद्य सामग्रीमा पनि चर्को मूल्य वृद्धि गरिएको छ । जिल्ला प्रशासन कार्यालय डोटीले भने बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि भएको विषयमा कुनै निकायबाट गुनासो तथा उजूरी नआएको जनाएको छ ।

बजार अनुगमनको जिम्मा पाएका जिल्ला प्रशासन, नगरपालिका, जिल्ला प्रहरी, उपभोक्ता अधिकार मञ्च तथा उद्योग वाणिज्य सङ्घले खासै चासो नदेखाएका कारण यहाँका बजारमा सामानको मूल्यमा व्यापारीको मनपरी हुँदै आएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);