खोटाङका सर्वसाधरणलाई दैनिक उपभोग्य बस्तुको ढुवानीमा सास्ती | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

खोटाङका सर्वसाधरणलाई दैनिक उपभोग्य बस्तुको ढुवानीमा सास्ती

khotang

गोपाल पोखरेल
उदयपुर, १९ असोज
। खोटाङ जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बाराहापोखरी, जन्तेढुंगा र खोटेहाङ गाउँपालिकाका एक दर्जन बढी गाउँका सर्वसाधरणले यात्रा र दैनिक उपभोग्य बस्तुको ढुवानीमा सास्ती खेप्दै आएका छन् । दक्षिणी खोटाङलाई तराईसँग जोडने चिसापानी-बन्सिलाघाट-वेल्टार सडकको स्तरोन्नती हुन नसक्दा उनीहरुले सास्ती खेप्नु परेको हो ।

बन्सिलाघाटस्थित सुनकोसी नदिको वारीपारी दुवै तर्फ कच्ची सडक भएपनि त्यो सडक स्तरीय र सुनकोसी नदीमा पुल नभएका कारण यस क्षेत्रका सर्वसाधारणलाई बर्षौदेखि समस्या हुँदै आएको छ । महिना दिन अघि मात्रै उदयपुर र खोटाङको सिमामा रहेको वन्सिलाघाटस्थित सुनकोसीमा झोलुङ्गे पुल निर्माण भई संचालनमा आएपछि उनीहरुको डुङ्गाबाट कोशी तर्ने समस्या समाधान भएको छ । तर, सुनकोसी वारीपारी दुवै तर्फको सडक स्तरीय नहँुदा यात्रा र दैनिक उपभोग्य सामग्री ढुवानीमा जोखिम मोल्नु परेको स्थानीयको गुनासो छ ।

दसै, तिहारजस्ता चाडपर्व नजिकिएसँगै काठमाडाडौंको उदयपुरको बेल्टार हुँदै बंन्सिलाघाटबाट यात्रा गर्ने यात्रुहरुको संख्या दिनप्रतिदिन बढिरहेको छ । बाराहापोखरी, जन्तेढुंगा र खोटेहाङ गाउँपालिकाका सर्वसाधारणलाई यही बाटो भएर यात्रा गर्दा छोटो हुने भएकाले अप्ठ्रयारो सडकमै भएपनि ज्यानको बाजी लगाएर यात्रा गर्नु परेको उनीहरु बताउँछन् ।

सुनकोसी नदीमा पक्की पुल नहुँदा झोलुंगें पुलमा रिक्साबाट सामान तारेर खोटाङतर्फ लैजानुपर्ने बाध्यता छ । बन्सिलाघाटदेखि खोटाङको चिसापानीसम्मको सडक जिर्ण, साँघुरो र अप्ठ्यारो भएकाले आँखा चिम्लदै यात्रा गर्नुपर्ने यात्रुहरुको भनाई छ ।

उदयपुरको चौडण्डिगढी नगरपालिकाको वेल्टार बजारबाट यी गाउँपालिका पुग्न छोटो बाटो पर्ने भएपछि वेल्टार– चिसापानी नाम दिएर सडकको ट्र्याक खोलिएको छ । तर, सडकको स्तरोन्नती नहुँदा सवारी आवगमनमा समस्या हुँदै आएको छ ।

सुनकोसी नदिको वन्सिलाघाटबाट चिसापानी–२६ र उदयपुरको सुनकोसीदेखि वेल्टारबजारसम्मको १७ किलोमिटर लामो सडकमा सवारी आवगमन असहज र अप्ठ्यारो हुने यात्रुहरुको भनाई छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);