नदीका ढुंगा, गिट्टी र बालुवा उत्खनन्को ठेक्का प्रक्रियामा ठुलो चलखेल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

नदीका ढुंगा, गिट्टी र बालुवा उत्खनन्को ठेक्का प्रक्रियामा ठुलो चलखेल

jhapa arjun dhara

झापा, १९ असोज । झापाको विरिङ, टाङ्टिङ्ग र सुखानी खोला तथा नदीका ढुंगा, गिट्टी र बालुवा उत्खनन्को ठेक्का प्रक्रियामा ठुलो चलखेल भएको भेटिएको छ ।

अर्जूृनधारा नगरपालिकाको मिलेमतोमा चलखेल भएको ठेकदारहरुको आरोप छ । झापाको अर्जूृनधारा नगरपालिकाको विरिङ, टाङ्टिङ्ग र सुखानी खोलाको ढुंगा, गिट्टी र बालुवा उत्खननको ठेक्का प्रक्रियामा ठुलो चलखेल भएको भेटिएको छ । झापाको अर्जुनधारा नगरपालिका अन्तर्गत रहेको विरिङ, टाङ्टिङ्ग र सुखानी नदिबाट ढुंगा, गिट्टी र बालुवा उत्खनन् गर्न भन्दै नगरपालिकाले गत भाद्र २१ गते २ करोड ५७ लाख ६ हजार रुपैयाँमा न्यूनतम मुल्य राखेर ठेक्का आब्हान गरेको थियो ।

तर, सेटिङका कारण नगरपालिकाले तोकेको न्यूनत्म मुल्यभन्दा करिब ३ लाख रुपैयाँ बढी २ करोड ६० लाख रुपैयाँमा गत असोज ५ गते एसयूएस कन्स्ट्रक्सनले ठेक्का पारेको हो । नगरपालिकाले विद्युतीय ठेक्का प्रक्रिया ‘इबिडिङ’ मार्फत ठेक्का आह्वान गर्नुपर्ने भएपनि आफूले चाहेको कम्पनीका सञ्चालक उत्सव ढकाललाई ठेक्का दिलाउन ‘हार्डकपि टेण्डर’ मार्फत आह्वान गरेको पाइएको छ ।

नगरपालिकाले टेण्डर आह्वान गरेपछी ठेक्का हाल्न विभिन्न कम्पनी इच्छुक भएता पनि नगरपालिकाले सुनियोजित रुपमा रोकेका कारण ४ वटा कम्पनीले मात्रै टेक्डर हालेको ठेकेदारको गुनासो छ । नियमअनुसार ६० लाख रुपैयाँभन्दा बढी रकमको ठेक्का आव्हान गर्दा इबिडिङ मार्फत् बोलपत्र आब्हान गर्नुपर्ने हुन्छ । तर, जिल्लाका अन्य नगरपालिका र गाउँपालिकाले इबिडिङ्गमार्फत ठेक्का सम्झौता गरिरहँदा अर्जुनधारा नगरपालिकाले भने हार्डकपी मार्फत ठेक्का लगाउनुलाई चासोका साथ हेरिएको छ ।.

झापाकै दमक नगरपालिकाले यस वर्ष इबिडिङ मार्फत ठेक्का लगाउँदा ३ करोड ११ लाखमा बोलपत्र आब्हान गरेकोमा ९ करोड ३१ लाख रुपैयाँमा ठेक्का लागेको छ । कन्काई नगरपालिकाले पनि इबिडिङ मार्फत कन्काई र बिरिङकै नदी जन्यपदार्थ उत्खनन् गर्न जम्मा ६३ लाख रुपैयाँमा ठेक्का आव्हान गरेकोमा १ करोड ३७ लाख रुपैयाँमा ठेक्का लागेको छ । नगरपालिकाका मेयर हरिकुमार राना भने खोलाको दोहन रोक्न न्यून दरमा ठेक्का लगाएको तर्क गर्छन् ।

अर्जुनधारा नगरपालिकाले उत्खनन् गर्न ठेक्का लगाएको बिरिङ नदिको यो भागबाट झापामै सबैभन्दा वढी नदिजन्य पदार्थ निकालिने गरिएको छ । यस वर्ष २ लाख ६४ हजार ७ सय घनमिटरको परिमाणमा उत्खनन् गर्न दिइने बताइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);