सिन्धुली र उदयपुरको सिमानामा पर्ने तावाखोलामा पक्की पुल निर्माण सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

सिन्धुली र उदयपुरको सिमानामा पर्ने तावाखोलामा पक्की पुल निर्माण सुरु

pul nirman

गोपाल पोखरेल,

उदयपुर, २५ वैशाख । सिन्धुली र उदयपुर जिल्लाको सिमानामा पर्ने तावाखोलामा पक्की पुल निर्माण सुरु भएको छ । पुल निर्माणसँगै हरेक बर्षायाममा जोखिमपूर्ण यात्रा गर्न बाध्य दुई जिल्लाका स्थानीय हर्षित भएका छन् ।

उदयपुरको कटारी नगरपालिका र सिन्धुलीको दुधौली नगरपालिकालाई जोड्ने गरी तावाखोलामा ४ सय मिटर लामो पक्की पुल निर्माण गर्न थालिएको हो ।

पुल नहुँदा बर्षेनि आउने गरेको बाढीका कारण धेरै दुख खेप्नु परेको र जोखिम मोलेर खोला तर्न बाध्य भएको स्थानीय बताउँछन् । अहिले पुल बन्न थालेपछि बर्षौको समस्या हट्ने भन्दै उनीहरु निकै उत्साहित बनेका छन् ।

पुल नहुँदा सामान ढुवानी गर्न अप्ठेरो हुनुका साथै वारीपारी गर्ने क्रममा हरेक बर्षायाममा आधा दर्जन बढीले तावाखोलामा ज्यान गुमाउँदै आएको उनीहरुको भनाइ छ । पुल बनेपछि यो समस्या टर्नेमा स्थानीयवासी विस्वस्त रहेकोे दुधौली नगरपालिका ९ का वडाध्यक्ष रामकुमार अधिकारी बताउँछन् ।

कटारी नगरपालिका २ र दुधौली नगरपालिकामा ९ का सर्वसाधारणले बर्षायामको समयमा तावा र कमला नदीमा आउने बाढीको कारण प्रसुती, सर्पदंश तथा अन्य आकस्मिक रोगको उपचारका लागि समस्या भोग्दै आएका थिए ।

पुल निर्माण भएपछि उदयपुरको कटारी बजारबाट सिन्धुलीको पुर्व क्षेत्रमा दैनिक उपभोग्य सामग्रीको ढुवानी पनि सहज हुने उनीहरु बताउँछन् । आठ ८ स्पाम रहेको पक्की पुल ४ सय मिटर लामो र साढे १० मिटर फराकिलो हुनेछ ।

४२ करोड ८० लाख रुपैयाँको लागतमा बन्ने उक्त पुल आगामी तीनबर्ष भित्र सम्पन्न भइसक्ने निर्माण कम्पनीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);