उदयपुरमा निर्माण सुरु भएको ७ बर्ष सम्ममा पनि पुल तयार भएन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

उदयपुरमा निर्माण सुरु भएको ७ बर्ष सम्ममा पनि पुल तयार भएन

गोपाल पोखरेल
उदयपुर, २४ चैत । ठेकेदारको लापरबाहीले उदयपुरको चौडण्डीगढी नगरपालिकामा ठूलो लगानीमा निर्माणाधीन एउटा पुल अलपत्र परेको छ । निर्माण सुरु भएको ७ बर्ष सम्म पनि पुल तयार नभएपछि स्थानीय निराश बनेका छन् ।

सप्तरीको फत्तेपुर र उदयपुरको गाईघाटसँग बेल्टार बजारलाई जोड्न त्रियुगा नदीको सिवाईमा पुल निर्माण सुरु भएको ७ बर्ष बित्यो । महालक्ष्मी लोकप्रिय कन्स्ट्रक्सनले पुल निर्माणको ठेक्का पाएको ७ बर्षसम्म पनि निर्माण सम्पन्न नगरेको हो । अहिलेसम्म ५० प्रतिशत पनि काम सकिएको छैन । पुल नहुँदा स्थानीयलाई आवातजावत गर्न कठिन भएको छ ।

सरकारले पर्याप्त बजेट बिनियोजन नगरेको र बजेट अनुसार कम्पनीले काम नगरेको स्थानीयको भनाइ छ । तीन बर्ष.भित्र बनाउने सहमति भए पनि विभिन्न कारण देखाउँदै निर्माण कार्य धकेलिँदै आएको छ ।

आठ करोड ६६ लाख रुपैयाँ लागतमा निर्माण सुरु गरिएको पुलमा अहिलेसम्म १३ करोड भन्दा धेरै खर्च भइसकेको छ । अपेक्षा अनुसारको काम नहुँदा अहिलेसम्मको लगानी मृगमारिचिका बनेको भन्दै स्थानीयले विरोध जनाएका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);