झापामा २० वर्ष पुराना गाडी धमाधम नियन्त्रणमा | ईमाउण्टेन समाचार

Our Network

चैत १ २०८०, बिहीबार

झापामा २० वर्ष पुराना गाडी धमाधम नियन्त्रणमा

झापा, २४ चैत । झापामा प्रहरीले २० वर्ष पुराना गाडी धमाधम नियन्त्रणमा लिन थालेको छ । अहिलेसम्म ८ वटा गाडी नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक कार्यालय झापाले जनाएको छ । नियन्त्रणमा लिइएका गाडीहरु यातायात व्यवस्था कार्यालयलाई बुझाइएको छ ।

यातायात व्यवस्था विभागको निर्णय अनुसार चैत १ गतेबाटै २० वर्ष पुराना सवारीहरू सडकमा गुडेको भेटिनासाथ नियन्त्रणमा लिने काम भइरहेका जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख प्रहरी निरीक्षक राजेश राईले बताए ।

सवारी दुर्घटना र प्रदूषण न्यूनीकरणका लागि २० वर्ष पुराना सार्वजनिक सवारीसाधन बन्द गर्ने सरकारी निर्णय प्रभावकारी कार्यान्वयनका लागि यातायात व्यवस्था विभागले देशैभर अनुगमन टोली परिचालन गरेको छ । देशभर झण्डै १० हजारको सङ्ख्यामा २० वर्ष पुराना सवारीसाधन रहेको विभागले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);