रामेछापका भूकम्प पीडितलाई उपलब्ध गराउने काठमा ठेकेदारको मनपरी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

रामेछापका भूकम्प पीडितलाई उपलब्ध गराउने काठमा ठेकेदारको मनपरी

नवराज श्रेष्ठ
रामेछाप, ३४ चैत । रामेछाप जिल्लाका भूकम्पपीडितलाई ९० प्रतिशत राजस्व छुटमा सरकारले उपलब्ध गराउने भनिएको काठमा ढुवानीको जिम्मा पाएका ठेकेदारले मनपरी गरेको भन्दै स्थानीयले विरोध गरेका छन् ।

जिल्ला काठ आपूर्ति समितिले भूकम्प पीडितलाई डोलै काठ दिने भनिए पनि ठेकेदारले चिरेर दिने भन्दै आफ्नै फर्निचरमा धमाधम काठ झार्न थालेपछि स्थानीयहरु आक्रोशित भएका हुन् ।

जिल्ला आपूर्ति समितिले घाटगद्दी (संकलन) को लागि जिल्ला समन्वय समितिको प्राङगणलाई तोके पनि ढुवानी ब्यवसायिले आफूखुसी मन्थली नगरपालिकाको सुकाजोर खोलामा काठ झारेको इलाका बन कार्यालयको भनाइ छ ।

भूकम्प पीडितलाई गोलाई काठ वितरण गर्नुपर्ने भनिए पनि अनुमति नै नलिई ढुवानी गर्ने ठेकेदार आफैँले सुकाजोर खोलामा काठ चिरा मिल स्थापना गरी आफूखुसी काम गर्दै आएका छन् । काठ ढुवानीको जिम्मेवारी दिए पनि चिरान मिल राख्ने अनुमति भने नदिइएको वन कार्यालयले बताएको छ ।

ठेकेदारले आर्थिक चलखेल गरेर भूकम्प पीडितलाई दिने काठको नाममा मनोमानी गरिरहेको भन्दै जनप्रतनिधिले पनि विरोध जनाएका छन् । काठ चिरान मिल स्थापना गरिएको स्थान भ्याकुरे पहिरे पाखा सामुदायिक बनसँगै जोडिएकाले त्यस ठाउँमा उद्योग सञ्चालन गर्न नमिल्ने सामुदायिक वनको भनाइ छ ।

जिल्ला आपूर्ति समितिले त्रिपुरा कम्पनीलाई भूकम्प पीडितको लागि काठ ढुवानी गर्ने जिम्मा दिएको थियो । रामेछाप जिल्लाको भूकम्प पीडितको लागि १० हजार क्यूफिट काठ उपलब्ध गराउने वन विभागको निर्णयअनुसार ४ हजार ५ सय क्यूफिट मात्र काठ रामेछापमा झरेको छ । समयमै काठ ढुवानी नहुँदा ५ हजार ५ सय क्यूफिट काठ अझै ढुवानी हुन नसकेको जिल्ला वन कार्यालय रामेछापले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);