काठ नपाएर उपभोक्ता हैरान | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

काठ नपाएर उपभोक्ता हैरान

katha taskari

बारा, २० असोज । निजगढ नगरपालिका– ८ का दामोदर अधिकारी घरमा प्रयोग गर्ने काठको जो हो गर्न बकैया नागमणि सामुदायिक वन उपभोक्ता समूहको कार्यालयमा धाउन थालेको पाँच महिना भयो। झ्याल र ढोकाका लागि चाहिने काठ समूहबाट सहुलियत दरमा पाउने आशमा अधिकारी यसरी धाइरहेका हुन्। समूहका पदाधिकारीलाई पटकपटक आग्रह गर्दा पनि उनले काठ पाउन सकेका छैनन्।

‘समूहमा हजारौं क्युफिट काठको गोलिया रहे पनि म जस्तै समूहका सदस्यहरूले घर निर्माणका लागि चाहिने काठ माग गरेको महिनौं बित्दा पनि पाउन पाउन सकेका छैन्न,’ अधिकारीले भने, ‘समयमै समूहबाट काठ नपाउँदा घर निर्माणमा विलम्ब भएको छ।’

समूहका सदस्यलाई काठ नदिएर थन्काएर राख्दा गोलिया दिनदिनै कुहिँदै गएको पनि अधिकारीले बताए । घरमा झयाल, ढोका राख्न एक सय क्युफिट गोलिया काठ आवश्यक रहेको तर समूहबाट ५० क्युफिट मात्रै उपलब्ध गराउने आश्वासन पाएको जानकारी दिँदै उनले भने,‘महिनौं बित्दा पनि आश्वासन अनुसारको काठ नपाएपछि त्यो आशा पनि मरेर गएको छ।’

उपभोक्ता समूहले सहुलियत दरमा एक क्युफिट सालको गोलिया पाँच सय रुपैयाँका दरले सदस्यहरुलाई उपलब्ध गराउनुपर्ने नियम रहेको उनले बताए । सहुलियत दरमा समूहबाट ५० क्युफिट सालको गोलिया लिँदा २५ हजार लाग्ने र त्यही काठ बाहिर खरिद गर्दा एक लाख ५० हजार रुपैयाँभन्दा बढी पर्ने अधिकारीले बताए। उपभोक्ता समूहका पदाधिकारीले प्राविधिक कारण देखाउँदै काठ उपलब्ध गराउन नसकिएको बताएको जानकारी पनि उनले दिए।

अधिकारीजस्तै घर निर्माण गरिरहेका बकैया नागमणि सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरुले झयाल, ढोकाका लागि काठ माग गर्दै आए पनि पाउन सकेका छैनन्।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);