चट्याङ लागेर २ जना घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

चट्याङ लागेर २ जना घाइते

chattyang

काठमाडौं, २४ चैत । अछाम जिल्लाको चौरपाटी–३ गगुडामा आज बिहान चट्याङ लागेर २ जना गम्भीर घाइते भएका छन् ।

रमेश कामीको गगुडास्थित घरमा चट्याङ लागेर १० महिने आयुश कामी र १६ वर्षीया सीता कामी जलेर घाइते भएका अछाम प्रहरी प्रमुख डीएसपी दधिराम न्यौपानेले जानकारी दिए । घाइते दुवै जनाको वयलपाटा अस्पतालमा उपचार भइरहेको छ । चट्याङ लागेर रमेशका गोठमा रहेका ५ बाख्रा र एक गोरु समेत मरेका छन् ।
उता, शुक्रबार राति हावाहुरीसँगै परेको असिनापानीले जिल्लाका अधिकांश क्षेत्रको गहुँ, जौं, तरकारी, फलफूलमा क्षति पुर्याएको छ । बालीनाली नष्ट हुँदा कृषकहरु चिन्तामा परेका छन् । हावाहुरीका कारण शुक्रबार बेलुकीदेखि नै बिजुलीसमेत बन्द भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);