चट्याङ लागेर आमा र छोरी घाइते | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

चट्याङ लागेर आमा र छोरी घाइते

Chatyang

बाजुरा, ९ फागुन । शुक्रबार दिउसो चट्याङ लागेर एकै घरका आमा र छोरी घाइते भएका छन् । दिउँसोको समयमा झरीसँगै परेको चट्याङ लागेर त्रिवेणी नगरपालिका ९ कि सन्जा भण्डारी साउँद र उनकी ६ वर्षिया छोरी आकृति साउँद घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक टंकप्रसाद भट्टराईले जानकारी दिए ।

पानी परेको समयमा घरमै बसेका बेला चट्याङ पर्दा आमा, छोरी र उनको घरमा भएका १५ वटा कुखुराका चल्लाहरु समेत मरेको डिएसपी भट्टराईले जानकारी दिएका छन् ।

चट्याङ लागेर घाइते भएकी आमाछोरी दुवैलाई उपचारका लागि बयालपाटा अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);