चट्याङ लागेर एक जनाको मृत्यु, १३ जना घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

चट्याङ लागेर एक जनाको मृत्यु, १३ जना घाइते

Achham_district_location

काठमाडौं, २६ चैत । अछाममा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।

मगंलबार साँझ पानी संगै आएको चट्याङ लागेर पञ्चदेवल बिनायक नगरपालिका–७ पुल्लेतोला निवासी जनक रावल को चट्याङ लागेर घटनास्थल मै मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारको लागि जिल्ला अस्पताल अछाम ल्याइएको छ ।

जसमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । यस्तै, बिनायक नगरपालिका–८ बारलामा पनि हिजो साँझ परेको चट्याङकै कारणले तीन जना घाइते भएका छन् । बिद्युत जडान गरिएको सो ठाउँमा अर्थिङ नगर्नु र तार ब्यवस्थित नगरिनुले यस्तो समस्या सृजना भएको स्थानीयको भनाइ छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);