विभिन्न विविधता मुगु आर्थिक तथा सामाजिक विकासबाट अझै बञ्चित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

विभिन्न विविधता मुगु आर्थिक तथा सामाजिक विकासबाट अझै बञ्चित

Rara.Lake_mugu

पुष्पा पोखरेल

मुगु, २६ चैत । मुगु जिल्ला भौगोलिक विविधतासँगै धार्मिक, साँस्कृतिक तथा भेषभुषामा पनि विविधता भएको जिल्ला हो । बहुमुल्य जडिबुटि, विभिन्न जातिका फलफूल, पशुपालन, र रमणीय पर्यटकीय क्षेत्रले भरिएर पनि मुगु जिल्ला र समग्र कर्णाली प्रदेश विकासको हिसावले भने सधैं नै पछाडि परिरहेको छ ।

कर्णाली प्रदेशको उत्तरी भेगमा अवस्थित मुगु जिल्ला विकासको हिसावले विकट, दुर्गम र पछाडि परेको जिल्लाको रुपमा चिनिन्छ । नेपालको सबैभन्दा ठुलो तालको परिचय पाएको विश्वप्रसिद्ध रारा ताल त्यही जिल्लामा पर्दछ । राष्ट्रिय चरा डाँफे, कालिज र कस्तुरी, बहुमुल्य जडीवुटी यार्सागुम्बा पाइने र रारा राष्टिय निकुञ्ज यसकोे अर्काे परिचय हो । यसरी प्राकृतिक सम्पदाले भरिपुर्ण कर्णाली प्रदेशको मुगु जिल्ला आर्थिक सामाजिक तथा राजनैतिक विकासको दृष्टिकोणले भने अत्यन्तै पिछडिएको छ । जिल्लाको प्रमुख आर्थिक क्रियाकलापमा कृषि, पशुपालन र घरेलु उद्योग रहँदै आएको छ । मुगुको अस्पतालहरुमा चिकित्सकहरुको दरबन्दी खाली छ । सामान्य बिरामी परेर उपचार गर्न पनि नेपालगञ्ज झर्नु पर्दछ । अहिले पनि सुत्केरी, वृद्घवृद्घा तथा बालबालिकाले उपचार अभावमा ज्यान गुमाउनु परेको छ ।

शिक्षा र स्वास्थ्य क्षेत्रको विकासको हिसावले पनि मुगु अत्यन्तै पछाडी परेको छ । मुगेली जनताले सडक यातायातको अभावमा महँगो खाद्यन्न र औषधीउपचारको सामना गरिरहनु परेको छ । भौगोलिक विकटताका कारण जिल्लामा पर्यटकीय स्थलहरुको विकास र प्रवद्र्घन हुन सकिरहेको छैन । अर्कोतर्फ स्थानीयहरु राजनैतिक भागबण्डा तथा स्वार्थमा निहित हुँदा जिल्लाको समग्र विकास हुन सकिरहेको छैन ।

मुगु विकासको लागि सम्भावना प्रशस्त छ । फरक फरक हावापानीमा फल्ने आँप, केरा ,उखु, स्याउ, सुन्तला जस्ता फलफुल पाइन्छन् । जिल्लामा कुनै ठाउँमा भोटेसेलो छ भने अर्काे ठाउँमा देउडा गित । स्थानीय सरकार छ , प्रदेश सरकार छ, अनि संघीय सरकारले मुगु सहित कर्णालीको विकासको लागि भनेर विशेष प्राथमिकता दिएको छ । यति हुँदाहुँदै पनि मुगु र समग्र कर्णाली प्रदेशको आर्थिक तथा सामाजिक विकास हुन भने सकेको छैन । विकासको नारा राजनीतिक प्रचारबाजी जस्तो मात्र देखिन्छ । स्थानीय बासिन्दाको जीवन दिनदिनै कष्टकर छ । यसतर्फ नेपाल सरकारको ध्यान कहिले जान्छ कुन्नी ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);