बारामा फेरी हावाहुरी र असिना, विद्युत आपूर्ति अवरुद्ध | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बारामा फेरी हावाहुरी र असिना, विद्युत आपूर्ति अवरुद्ध

bara huri batas

काठमाडौं, २६ चैत । बारामा मंगलबार बिहान फेरि हावाहुरी आएको छ ।

हुरीले केही ठाउँमा बिजुलीका पोल ढलेका छन् । केही स्थानमा घरका छाना उडाएको छ । हुरी प्रभावित क्षेत्रमा भीषण वर्षा भएको छ । हावाहुरी र असिना पानीले गतसाताको हुरीबाट बिस्थापित भएर त्रिपालमूनि बस्दै आएका परिवार झन समस्यामा परेका छन् ।

गतसाताको हावाहुरी प्रभावित क्षेत्र फेटा, सुवर्ण, देवताल गाउँपालिका र महागढीमाइ नगरपालिकामा हुरीपीडितको त्रिपालमा वर्षा र हुरीले क्षति पुरयाएको छ । हावाहुरीले सिमरामा केही विद्युत्का पोल ढलेका छन्भने केही घरको छाना उडाएको छ । हुरी पीडितका त्रिपाल पनि डुबानमा परेका छन्।राहत वितरणको काम पनि अवरुद्ध भएको छ ।

हावाहुरी सँगै आएको असिना पानीले केही ठाउँमा बिजुलीका पोल ढलेका छन् । बिजुलीका पोल ढलेका कारण केही स्थानमा बिद्युत आपुर्ति समेत बन्द भएको छ । चैत १७ गते आईतवार साँझ बारा र पर्सामा आएको हावाहुरीबाट बारामा २८ जनाको मृत्यु भएको थियो । भने ६ सय भन्दा बढी घाईते भएका थिए । यसै गरी मंगलवारको हावाहुरीले रौतहटका बिभिन्न स्थानमा घरका छाना उडाएको छ भने बिभिन्न स्थानमा बिद्युतको पोल भाचिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);