पर्यटकीय संभावना बोकेको भोजपुरको हतुवागढी ओझेलमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

पर्यटकीय संभावना बोकेको भोजपुरको हतुवागढी ओझेलमा

hasanpur

गोपाल पोखरेल
भोजपुुर, २६ चैत
पर्यटन विकासको प्रशस्त सम्भावना हुँदाहुँदै पनि भोजपुरको हसनपुरसंगै सिंगो हतुवागढी गाउँपालिका ओझेलमा परेको छ । पर्याप्त आर्थिक स्रोत र आवागमनमा सहज पहँच नहुँदा पर्यटन क्षेत्रको प्रचुर सम्भावना बोकेर पनि ओझेलमा परेको हो ।

भोजपुरको हसनपुरको दाहिने दुधकोशी र देब्रेतर्फ अरुण नदी छ । यी दुबै भोजपुरको सबैभन्दा होचो भाग हसनपुरको बेनीमा जोडिन्छन् । यसको नजिकै इन्द्रेणी झरना, गन्धेपानी र ठूला ठूला गुफाहरु छन् । यसका साथै हसनपुर रहेको हतुवागढी गाँउपालिका आफैमा प्रशस्त ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्र ओगटेको गाँउपालिका हो । किराँतकालीन ऐतिहासिक हतुवागढी दरबार रहेको यस स्थानको पर्याप्त प्रचारप्रसार र पर्यटकहरुका लागि व्यवस्थित गर्न सकिए पर्यटकीय स्थलका रुपमा विकास गर्न सकिने सम्भावना रहेको छ ।

हसनपुर धेरै दृष्टिकोणले पर्यटन प्रर्वद्धन गर्न सक्ने स्थान भएपनि दुधकोसीस्थित चुवारमा पक्कीपुल र यसलाई जोड्ने सडक स्तरीय नहुँदा समस्या भएको स्थानीयको भनाई छ । स्थानीय स्तरमा गरिने प्रयासले सडक स्तरीय बनाउन नसकिने र राज्यले ध्यान नदिँदा हसनपुरसँगै समग्र हतुवागढी नै ओझेलमा परेको उनीहरु बताउँछन् ।

हतुवागढी गाउँपालिका ९ मा पर्ने हसनपुर दुधकोशी र अरुण नदीको संगमस्थल हो । यहाँ जल यातायातका माध्यमबाट पनि पर्यटकलाई आकर्षित गर्न सकिन्छ । तर व्यवस्थित सडक, पुल र आर्थिक श्रोत नभएका कारण पर्यटकीय क्षेत्रको विकास गर्न कठिनाई भएको छ । यसलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न योजना बनाइएको हतुवागढी नौका वडाध्यक्ष हेमराज राईको भनाई छ ।

पर्यटकीय क्षेत्र भएपनि मदन भण्डारी लोकर्माग अन्र्तगत उदयपुरको वेलका नगरपालिकाको कोठुदेखि भोजपुरको घोडेटारसम्म ४८ किलोमिटर सडक स्तरउन्नती र दुधकोसी नदीको चुवारमा पक्की पुल निर्माण हुन सकेको छैन । तराईसंग भोजपुर जिल्लालाई सबैभन्दा छोटो दुरीमा जोड्ने ४८ किलोमिटर कोठु-चुवार, चुवार-घोडेटार सडकको स्तरउन्नती गर्दै दुधकोसीमा पक्की पुल बन्न सके हतुवागढीको पर्यटन विकासमा टेवा पु¥याउने देखिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);