चट्याङ लागेर सात जना घाइते, दर्जन पशु चौपाया मरे | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

चट्याङ लागेर सात जना घाइते, दर्जन पशु चौपाया मरे

ओखलढुंगा । सिद्धिचरण नगरपालिका(१० मा आइतबार राति परेको चट्याङ लागेर सातजना घाइते भएका छन् । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर छ ।

उनीहरुलाई उपचारका लागि ओखलढुंगा सामुदायिक अस्पताल पठाइएको वडाध्यक्ष दामोदर धमलाले बताए । आइतबार राति भीषण वर्षासँगै परेको चट्याङ लागेर सातजना बेहोस भएको धमलाको भनाइ छ ।

चट्याङले लागेर विष्णुकुमारी खड्का, तुलसा धमला र अनिषा खड्का गम्भीर घाइते भएका हुन् । चट्याङ लागेर बेहोस भएका टंककुमारी दाहाल, भेषकुमारी दाहाल र गुणकुमारी भुजेलको अवस्था भने सामान्य रहेको स्थानीयको भनाइ छ ।

चट्याङले पशु चौपायामा समेत क्षति गरेको छ । बाँधेका ठाउँमा दर्जनभन्दा बढीको संख्यामा पशुचौपाया मरेका छन् । घटनाबारे अध्ययन गर्न प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);