धनगाड खोलामा पक्की पुल निर्माण भएपछि स्थानीयलाई राहत | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

धनगाड खोलामा पक्की पुल निर्माण भएपछि स्थानीयलाई राहत

dhangadh pul-dadheldhura

डडेल्धुरा, २ फागुन ।  डडेल्धुरा जिल्लाको नवदुर्गा गाउँपालिकाको धनगाड खोलामा पक्की पुल निर्माण भएपछि स्थानीय वासीन्दा खुसी भएका छन् ।
डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिका र नवदुर्गा गाउँपालिकाको वडा नम्वर १ कोटेली गाउँको सिमानामा रहेको धनगाडमा पक्की पुल निर्माण सम्पन्न भएको छ ।

धनगाड पाली गाड कोटेली पुल डिभिजन सडक कार्यालय कुलपाते डोटीको दुई करोड ३३ लाखको लागतमा पुल निर्माण भएको हो । पुलको लम्वाई १८ मिटर रहेको छ भने चौडाई १० मिटर रहेको छ ।

खोलामा मोटरबाटोसंगै पुल निर्माण भएपछि अब गाउँपालिकामा बाह्रै महिना यातायात संचालनका लागि सहज भएको छ । पुल निर्माणले वर्षातको समयमा आवतजावत गर्नका लागि पनि स्थानीयहरुलाई सहज भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);