बर्खामा बढेकाे खोलाले अब रोक्दैन बुर्तिवाङ-तमान यात्रा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

बर्खामा बढेकाे खोलाले अब रोक्दैन बुर्तिवाङ-तमान यात्रा

बागलुङ । बागलुङ पश्चिमका दुई स्थानीय तह ढोरपाटन नगरपालिका र तमानखोला गाउँपालिकामाको सडक यातायात हरेक बर्ष बर्खाको सयम रोकिँदै आएको थियो । अब भने बर्खामा बढेकाे खोलाकै कारण याे सडककाे यात्रा नराेकिने भएकाे छ । 

दुई स्थानीय तह जोड्ने सडक सञ्जाल बुर्तिवाङ-बोङ्गादोभान सडकको भालिवाङ र लुकुरवन खोलामा दुई वटा पक्की पुल निर्माण भएपछि बर्खामा समेत सहजै सवारीसाधन चल्ने सक्ने भएकाे हाे । 

जिल्लाको दोस्रो व्यापारिक शहर बुर्तिवाङदेखि तमानखोला गाउँपालिकाकाे केन्द्रसम्मको सडक सञ्चालन खोलामा आउने पानीको कारण नरोकिने तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले बताए । ढोरपाटन नगरपालिका र तमानखोला गाउँपालिकाको सीमा क्षेत्र भालिवाङ खोलामा पक्की पुल निर्माण गरिएको छ । कुल चार करोड ४२ लाख लागतमा बुर्तिवाङदेखि तमानखोला गाउँपालिका केन्द्र बोङगादोभान जोड्न पुल निर्माण गरिएको हो । नयाँ बाटो सूर्यदल जेभीले गतबर्षको मंसिरदेखि पुल निर्माण सुरू गरेको थियो ।

नौ महिनाका काम सक्ने गरी १२ असाेज ०७७ मा निर्माण सुरू भएपछि कोरोनाको कारण निर्माण ढिला भएको थियो । उक्त पुल ४० मिटर लम्बाइ र साढे आठ मिटर चौडाइको छ । 

एक बर्षमा पुल निर्माण सम्पन्न भई सञ्चालनमा आएको कम्पनीका साइड इन्जिनियर बलाराम पौडेलले जानकारी दिए । पुल निर्माणपछि दुई गाउँपालिकाको सडक सञ्जाल बाह्रै महिना सञ्चालन हुनेछ । 

बर्खाको समय भालिवाङ खोलाको वहाब बढ्दा करिब पाँच महिना दुई पालिकामा यातयात सञ्जाल टुट्दै आएको थियो । अब नियमित सडक सञ्चालन हुने पौडेलले बताए । बूर्तिवाङ बजारदेखि तमानखोला गाउँपालिकाको केन्द्र बोङगादोभान ११ किलो मिटरको दुरी छ । पुल निर्माण भएपछि सडक यातयातको दुरी २० मिनेटमा सिमित भएको छ । 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बुर्तिवाङ–तमानखोला सडक आयोजनाको स्तरवृद्धि तथा मोटरेवल पुल निर्माण गरेको हो । यसअघि आयोजनाले लुकुरबन खोलामा पुल निर्माण गरी यातयात सञ्चालन गरेको थियो । दुई वटा पुल सञ्चालनमा आए पछि बाह्रै महिना सडक यातयात सञ्चालन हुने गाउँपालिका अध्यक्ष बुढाले बताए । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);