मध्यपहाडी लोकमार्ग अवरुद्ध | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

मध्यपहाडी लोकमार्ग अवरुद्ध

बागलुङ । मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङ–बूर्तिवाङ खण्डको तुरतुरेमा सडक अवरुद्ध भएको छ ।  बागलुङको बडिगाड गाउँपालिका–७ तुरतुरेस्थित बडिगाड खोलाले मध्यपहाडी लोकमार्ग कटान गर्दा यातायात सेवा अवरुद्ध भएको हो । 

लोकमार्ग अन्तर्गत बागलुङ–बुर्तिवाङ  खण्डको बडिगाड खोलाले तुरतुरेको करिव चार सय मिटर सडक कटान गरेको छ । बाढीले सडकको तल्लो भाग पूरै बगाएको बडिगाड गाउँपालिकाका अध्यक्ष मेयरसिंह पाइजाले जानकारी दिए । 

सडक अवरुद्ध हुँदा पश्चिम बागलुङको जनजीवन प्रभावित भएको छ । गाउँपालिकाले स्काभेटर प्रयोग गरेर सडक एकतर्फी खुलाउने प्रयास गरेको छ । बाढीले गत वर्ष निर्माण गरेको करिब पाँच सय मिटर ग्याविन जाली बगाएको अध्यक्ष पाइजाले बताए । 

मध्यपहाडी लोकमार्ग पश्चिम क्षेत्रको लाइफलाईन सडक हो । सो सडक अवरुद्ध हुँदा ढोरपाटन नगरपालिका, तमानखोला गाउँपालिका, निसीखोला गाउँपालिका तथा रुकुम क्षेत्रका स्थानीय बागलुङ बजार जान सकेका छैनन् । 

त्यस्तै सालझण्डी ढोरपाटन सडक खण्ड अन्र्तगत ढोरपाटन– ९ बोबाङ क्षेत्रका विभिन्न स्थानमा बाढीले सडक बगाएपछि उक्त सडक खण्ड पुनः अवरुद्ध भएको छ । दुई साता अगाडि पनि यो सडक खण्ड अवरुद्ध बनेको थियो । तमानखोलामा यस वर्षकै अत्याधिक मात्रामा आएको बाढीले तमानखोला गाउँपालिका अन्तर्गत खुङ्खानी, बोङगा दोभानलगायतका ग्रामीण क्षेत्रका अधिकांश सडक बाढीपहिरोका कारण अवरुद्ध बनेका छन् । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);