निजामती कर्मचारीले सोमबार पनि कोरोनाविरुद्धको खोप लगाए | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

निजामती कर्मचारीले सोमबार पनि कोरोनाविरुद्धको खोप लगाए

काठमाडौं । निजामती कर्मचारीहरुले सोमबार पनि कोरोनाविरुद्धको खोप लगाएका छन । सोमबार निजामती सेवा दिवस २०७८ को अवसर पारेर निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनले सिंहदरबारमा आयोजना गरेको खोप विशेष कार्यक्रममा खोप लगाउन बाँकी रहेका निजामती कर्मचारीहरुले कोरोनाविरुद्धको खोप ‘भेरोसेल’ लगाएका हुन् ।

कर्मचारीहरुले कोरोनाविरुद्धको भ्याक्सिन अनिवार्य पाउनुपर्ने दबाव दिएको र सरकारले पनि सबैलाई भ्याक्सिन उपलब्ध गराउने उद्देश्य रहेकोले खोप लगाउन बाँकी रहेका तथा छुटेका निजामती कर्मचारीलाई कोरोनाविरुद्धको खोप लगाइएको निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका कार्यवाहक अध्यक्ष भोलानाथ पोखरेलले जानकारी दिए ।

उनले पहिला सरकारले निजामती कर्मचारीहरुलाई भ्याक्सिन लगाउनु भन्दा कोहीले डराएर र कोहीले बाध्यतावस उपस्थिती जनाउन नसक्दा अहिलेसम्म कोरोनाविरुद्धको भ्याक्सिनबाट वञ्चित भएको बताए ।

कार्यवाहक अध्यक्ष पोखरेलले पहिलो डोज नलगाएका निजामती कर्मचारीलाई पहिलो र पहिलो लगाएर दोस्रो डोजको प्रतिक्षामा रहेकाहरुलाई पनि भ्याक्सिन उपलब्ध गराएको जानकारी दिए । कोरोनाविरुद्धको भ्याक्सिन लगाउन बाँकी रहेका सबै निजामती कर्मचारीहरुले काठमाडौंमा सिंहदरवार र बाहिरी जिल्लाहरुमा सिडिओ कार्यालबाट लगाउन सक्नेछन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);