पहिलो पटक रिग्मो गाउँमा गर्भवतीको स्वास्थ्य परीक्षण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

पहिलो पटक रिग्मो गाउँमा गर्भवतीको स्वास्थ्य परीक्षण

डोल्पा । उपल्लो डोल्पाको शे फोक्सुण्डो गाउँपालिकाको रिग्मो गाउँमा गर्भवतीको नि:शुल्क भिडियो एक्सरेलगायत स्वास्थ्य परीक्षण गरिएको छ । फोक्सुण्डो तालको छेउमै रहेको रिग्मो गाउँका महिलाले पहिलो पटक घर छेउमै स्वास्थ्य परीक्षण गराएका हुन् ।

डोल्पाको टासीडी नाकट संस्थाको सहकार्यमा काठमाडौंको, बोदिसतो विहार र कान्छीमाया तामाङ फाउण्डेशनको सहयोगमा नि:शुल्क स्वास्थ्य परीक्षण गरिएको हो ।

गर्भवती हुँदा स्वास्थ्य परीक्षण गराउन नपाउने उपल्लो डोल्पामा महिलाले पहिलो पटक घर नजिकै गर्भवती जाँचदेखि अन्य स्वास्थ्य परीक्षणको सुविधा लिएका हुन् । उक्त सुविधा पाएपछि महिलाहरू निकै खुसी भएको कान्छीमायातामाङ फाउण्डेशनका अध्यक्ष दिलबहादुर तामाङले बताए । 

पहिलो पटक उपचार पाउँदा खुसीको सीमा नै नरहेको स्थानीय गर्भवती महिला साङमु रोकायाले बताइन् । उनले भनिन्, ‘गर्भवती हुँदा भिडियो ऐक्सरेको लागि दुई दिन हिँडेर सदरमुकाम दुनै जानुपर्ने बाध्यता थियो । टाढा हुने भएकाले जान्थेनौं । तर, गाउँमै नि:शुल्क सेवा लिन पाउँदा निकै लाभान्वित भएका छौं,’ उनले भनिन् ।

तामाङका अनुसार ४० जना गर्भवती महिलाको भिडियो ऐक्सरे, गर्नुका साथै ग्यास्ट्रिक, पाठेघर खसेका, घुडादुख्ने जस्ता रोगका थप १५० जनाको उपचार गरिएको छ । बोदिसतो विहार,कान्छीमाया तामाङ फाउण्डेशनले करिब ३ लाख रकमको भिडियो एक्सरे मेसिन रिग्मो स्वास्थ्य चौकीलाई हस्तान्तरणसमेत गरेको छ ।

टासी डी संस्थाको रोहवरमा एक जना पारा मेडिक्सलाई तालिम दिएर मेसिन हस्तान्तरण गरेको र अब फोक्सुण्डोका गर्भवती महिलाहरूले दुनै आउनुपर्ने बाध्यताबाट छुटकारा पाएकोसमेत तामाङको दाबी छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);