उपल्लो डोल्पाको सुरक्षा भगवान भराेसा ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

उपल्लो डोल्पाको सुरक्षा भगवान भराेसा !

जाजरकोट । पाँच महिनाका लागि उपल्लो डोल्पा सुरक्षाविहिन अवस्थामा पुगेको छ । यहाँका तीन पालिकामा रहेका प्रहरी चौकी चिसाे बढेसँगै सदरमुकाम दुनै झरेपछि उपल्लो डोल्पा सुरक्षाकाे सुरक्षा अवस्था भगवान भराेसामा पुगेकाे हाे । सुरक्षा दिने प्रहरी नै हिमपातले असुरक्षित भएपछि दुनै झारिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

‘प्रहरी चौकी रहेका घरहरू रित्ता छन् । प्रहरीहरू सदरमुकाम दुनै आइसकेका छन्,’ धोका प्रेमा गुरुङ भने । शे फोक्सुण्डो, डोल्पोबुद्ध र छार्काताङसोङ गाउँपालिकामा रहेका प्रहरी चौकी सदरमुकाममा झारिएसँगै उपल्लो डोल्पा सुरक्षाका हिसाबले जोखिममा परेको छ ।

उपल्लो डोल्पा चोरी निकासी तथा पैठारीकाे उच्च जाेखिममा छ । यहाँबाट महुमूल्य जडीबुटी, जंगली जनावर तथा पूराना बुद्धका मुर्तिहरू पटक पटक चोरी भएका समाचार आइरहन्छन् । प्रहरी चौकी नै नभएपछि झन् चोरी गर्नेको मनोबल बढ्ने स्थानीयकाे भनाइ छ । अहिले यहाँका तीन पालिकाका २१ वडा प्रहरीविहीन बनेका छन् ।

जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक निरन्जन थापाका अनुसार छार्का ताङसुङ गाउँपालिकाको कागकोट प्रहरी चौकी र शे-फोक्सुण्डो गाउँपालिकाको साल्दाङ प्रहरी चौकीका प्रहरी उपल्लो डोल्पामा रहेका छन् ।

अहिले सदरमुकाम दुनैबाट नै उपल्लो डोल्पाको सुरक्षा दिने गरेको डिएसपी थापाले बताए । डोल्पो बुद्ध गाउँपालिकाको धो र टाक्सी, शे-फोक्सुण्डो गाउँपालिकाको निजालगुम्बा, भिजेर र रापको प्रहरी चौकीका प्रहरी  जिल्लामा मर्ज भएका हुन् । डोल्पा सबैभन्दा ठुलो जिल्ला हो । स्थानीय तहको सहयोग पाएको भए प्रहरी चौकी उपल्लो डोल्पामै राख्ने सकिने डिएसपी थापाकाे भनाइ छ । 

‘अहिले पनि सहयोग त पाइएको छ, अझै योभन्दा बढी सहयोगको अपेक्षा हामीले गरेका थियौं,’ उनले भने । उपल्लो डोल्पामा बस्नका लागि अहिलेको समयमा लत्ताकपडादेखि चश्मा, बुटहरू नभएकाे उनले बताए । अहिले उपल्लो डोल्पामा भारी हिमपातका कारण एक ठाउँबाट अर्को ठाउँमा जान सक्ने अवस्था नरहेको उनले बताए ।

हिमपातले रोकियो कोभिड र नियमित खोप
उपल्लो डोल्पामा भारी हिमपात भएसँगै नियमित सञ्चालन हुने खोपदेखि कोभिडविरुद्ध लगाउने खोप अभियान समेत रोकिएको छ । मंसिरदेखि चैतसम्ममा खोपहरू बन्द हुने स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख अमरसिंह शाहीले जानकारी दिए ।

त्यस्तै, यहाँका तीन पालिकामा बर्थिङ सेन्टर समेत छैन । सबै उपल्लो डोल्पाका महिला घरमै असुरक्षित तरिकाले सुत्केरी हुने गरेको शाहीले जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);