६ दिनदेखि हराएकी महिलालाई लगाइयो आफन्तको जिम्मा | ईमाउण्टेन समाचार

Our Network

जेठ २३ २०८३, आइतबार

६ दिनदेखि हराएकी महिलालाई लगाइयो आफन्तको जिम्मा

सिमकोट । जिल्ला सदरमुकाम सिमकोटबाट ६ दिनदेखि हराएकी नाम्खा गाउँपालिकाकी एक महिला फेलापरेकी छन् ।

जिल्लामा क्रियाशील विभिन्न मिडियामा महिला हराएको समाचार सम्प्रेषण भएसँगै जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख डीएपी हेरम्ब शर्माले हुलियासहितको महिलाको बारेमा जिल्ला प्रहरी कार्यालय मातहतका प्रहरी चौकीलाई खोजतलासका लागी आग्रह गरेपछि ती महिला भेटिएकी हुन् ।

जिल्ला प्रहरी कार्यालयले मातहतका सबै प्रहरी चौकीहरूले सम्भावित क्षेत्रमा खोजतलासलाई तीव्रता पारेपछि प्रहरी चौकी ठेहेले फेला पारेको हो ।

प्रहरी चौकी दोजामले सिमकोट गाउँ पालिका-१ ठेहेमा भेटाएको प्रहरीले जनाएको छ । फेला परेकी महिला नाम्खा गाउँ पालिका-१ हेप्का निवासी ३५ वर्षीया लेमा छोइ तामाङ रहेको प्रहरीले जनाएको छ ।

मंसिर २२ गते आफ्नी आमालाई काठमाडौं पुर्‍याउनको लागी सिमकोट आएकी र सिमकोटबाटै हराएको आफन्त कार्मातण्डुप लामाले बताए । अहिले प्रहरीले उनलाई आफन्तको जिम्मा लगाएको छ ।

Leave a Reply