मदन भण्डारी राजमार्गमा निर्माण भइरहेका पुलको डिजाइनमा त्रुटी | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

मदन भण्डारी राजमार्गमा निर्माण भइरहेका पुलको डिजाइनमा त्रुटी

bridge

गोपाल पोखरेल
उदयपुर, २९ जेठ
। मदन भण्डारी राजमार्गमा निर्माण भइरहेका अधिकांश पुलको डिजाइनमा त्रुटी भएको पाइएको छ । सडक भन्दा पुलको उचाई ४ मिटर बढी हुने गरी डिजाइन गरिएको छ ।

धरान÷चतरा÷गाईघाट÷कटारी÷सिन्धुली÷हेटौडा सडक आयोजनामा निर्माण भईरहेका पक्की पुलको डिजाइनमा त्रुटी भएको पाइएको हो । उदयपुरको चौडण्डीगढी नगरपालिकाको बसाहास्थित विरेन्द्र चौकदेखि सिन्धुलीको भिमानसम्म ४३ ओटा पुल निर्माणको काम भइरहेको छ । तर अधिकांश पुलको उचाई सडक भन्दा ४ मिटर बढी छ । पुल आवश्यकता भन्दा बढि माथी उठेका कारण जोखिम बढेको सरोकारवालाको भनाइ छ ।

प्रत्येक २५ मिटरको फरकमा बनाइनु पर्ने पुलको स्पान झण्डै ६० मिटरको दुरीमा बनाइएको छ । त्यस्तै पुल सडक भन्दा माथि भएपछि कतिपय गाउँ तथा बस्ती जोखिममा पर्ने भएको छ । बस्ती जोखिममा परेको भन्दै स्थानीयलेसडक र पुल मिल्ने गरी बनाउन माग गरेका छन् ।

पूर्वी नेपालको झापादेखि सुदुरपश्चिमको डढेल्धुरासम्म जोड्ने सो राजमार्गलाई सरकारले राष्टिय गौरवको योजना मान्दै पहिलो प्राथमिकतामा राखेको छ । तर सडक र पुल निर्माण गर्ने कम्पनीबीच तालमेल नमिलेका कारण आयोजना समयमै नसकिने सम्भावना बढेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);