समाजिक संजालबाट ठगी गर्ने चार पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

समाजिक संजालबाट ठगी गर्ने चार पक्राउ

pakrau

पर्सा, २९ जेठ । पर्सा प्रहरीले समाजिक संजालबाट ठगी गर्ने थप चार जनालाई पक्राउ गरेको छ । प्रहरीले पर्साको विभिन्न ठाउँबाट समाजिक संजालबाट ठगी गर्ने चार जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिकाका अक्षय चौरसिया, युवराज पासवान, वीरनरायण चौरसिया र राहुलकुमार राउत रहेका छन् । उनीहरुको साथबाट नगद १ लाख ५ हजार सहित मोबाइल बरामद गरेको छ ।

विगत दुई महिनाको अवधिमा पर्सा प्रहरीले समाजिक संजालबाट ठगी गर्ने ८ भारतीय सहित २० जनालाई पक्राउ गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);