निर्माण भईसकेका पुल कमसल भएका कारण भत्काउनुपर्नै अबस्थामा | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

निर्माण भईसकेका पुल कमसल भएका कारण भत्काउनुपर्नै अबस्थामा

अप्सरा गौतम
काठमाडौं, २० चैत । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले उपत्यका भित्र तीनवटा पुलहरू निर्माण गरिरहेको छ । तर, तोकिएको समयसीमा समाप्त हुन लाग्दा समेत पुल निर्माणको काम आधा पनि पुरा भएको छैन । त्यस्तै निर्माण भईसकेका पुल पनि कमसल भएका कारण भत्काउनुपर्नै अबस्था देखिएको छ ।

देशको समग्र विकासको महत्वपूर्ण पाटोमा पर्दछ, सडक र पुल । तर, नेपालमा सडक र पुलको ठेक्का देखि बनाउने प्रक्रियामा नै त्रुटी नै त्रुटी छ । शुरुमै अधिकांश ठेक्का मिलोमतोमा हुन्छन् भने, बनेसकेपछि पनि गुणस्तरीय समान नै प्रयोग भएका हुँदैनन् ।

अर्काेतर्फ समयमै काम सम्पन्न हुन नसक्नु अर्काे ठुलो लापर्बाही हो । त्यस मध्ये कालीमाटी र टेकु जोड्ने नमुना पुललाई लिन सकिन्छ । २० करोड १३ लाख रुपैयाँ लागतमा निर्माण भएको टेकु र कालीमाटी जोड्ने पुल एसियाली विकास बैंकको ऋण सहयोगमा २०७१ सालमा पप्पु कन्ट्रक्सनले ठेक्का लिएको थियो ।

यो पुल २०७४ मै सक्नुपर्ने सम्झौता भएपनि त्यसको १ वर्ष म्याद गुजारेर मात्र बनाईयो । अझ अचम्म त के पनि छ भने यो पुल निर्माणमा डण्डी, तार लगायत अन्य प्राविधिक संरचना कमसल रहेको त्यसैवेला सरकारी अनुगमन टोलीले फेला पारेको थियो ।

तर, अहिले यो पुलको ठेक्का लगाउने दीगो सहरी विकास आयोजना कार्यालय पनि खारेज भइसक्यो भने कतिपय कर्मचारीले अवकाश पनि लिईसके । आवतजावत गर्न नै धरापजस्तै बनेको यो पुल जगैबाट भत्काएर पुनः ठेकेदारलाई नै जिम्मा दिने भनिए पनि अहिलेसम्म त्यो प्रकृया अघि बढाइएको छैन ।

यो पुलमात्र हैन, बिजुली बजारको धोबीखोला पुल, तीनकुने नजिकैको बागमती पुल र बुढानिलकण्ठको बिष्णुमती पुल, उपत्यका सडक विस्तार आयोजनाले निर्माण गरिरहेको छ । अरनिको राजमार्ग अन्तर्गत निर्माणाधीन धोबीखोला पुलको कार्यप्रगति पनि निराशाजनक स्थित छ ।

कुल ५० मिटर लम्बाई रहेको धोबीखोला पुल निर्माणको जिम्मा ठेकेदार कम्पनी जेई कन्ट्रक्सनले पाएको थियो । १२ करोड ८१ लाख ४८ हजार कुल लागतमा ठेक्का सम्झांैता भएकोमा हालसम्म ७७ प्रतिशत मात्र काम सम्पन्न भएको छ ।

उता, अरनिको राजमार्गमै पर्ने अर्को निर्माणाधीन अवस्थामा रहेको बागमती पुलको हालत पनि त्यो भन्दा कम छैन । पप्पु कन्स्ट्रक्सनले २०७५ असार ५ भित्रमा सम्पन्न गर्ने गरी विक्रम सम्बत् २०७१ पुस ४ गतेबाट यो पुल निर्माण गरिरहेको थियो ।

आयोजनाका अनुसार कुल ८५ मिटर लम्बाईमा रहेको उक्त पुल निर्माणका लागि २१ करोड ३३ हजार रुपैयाँ लागतमा निर्माण सम्झौंता भएकोमा अहिलेसम्म २० प्रतिशत मात्र काम भएको छ । विशेष डिजाइनमा निर्माण हुन लागेको यी पुलहरूको डिजाइन स्वीकृतिमा ढिलाई भएको थियो । ‘डिजाइन स्वीकृतिमा समय लागेकाले यी पुलहरूको निर्माण नै ढिला सुरु भएको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका प्रवक्ता विश्वविजयलाल श्रेष्ठ बताउँछन् ।

उपत्यकाका सडक विस्तारपछि साँघुरिएका पुललाई फराकिला बनाउने योजनाअन्तर्गत सरकारले यी पुल निर्माणको काम अघि बढाएको थियो । मिलेमतोमा सडक र पुलमा ठेक्का दिने प्रचलन यहाँ देखिएको सरोकारवालाहरुको भनाई छ ।

प्रक्रिया पुर्याएर नै ठेक्का पारिन्छ र सम्झौता पनि गरिन्छ । ठेकेदारको लापरवाही र नियमक निकायले आँखा चिम्लिँदा विकास निर्माणमा यस्ता बेथिति मौलाउँदै गएको र यसले नेपालको सुखी नेपाली, समृद्ध नेपालको नारामा समेत असर पुगेको विज्ञहरुको भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);