एक बर्षमै भासियो बर्दियाको जब्दीपुल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

एक बर्षमै भासियो बर्दियाको जब्दीपुल

bardiya pul

दिपक श्रेष्ठ
बर्दिया, २० चैत
। बर्दियाको गुलरिया र बार बर्दिया नगपालिका जोड्ने जब्दीपुल निर्माण भएको एक बर्ष नपुग्दै भासिएको छ । निर्माणका क्रममा अनियमितता र गत साउनमा आएको बाढीका कारण पुल भासिएको हो । निर्माणको ठेक्का पाएको कम्पनिले कमसल सामाग्रीको प्रयोग गरेका कारण पुल भासिएको स्थानीयको भनाई छ ।

२०७२ सालमा निर्माण सुरु गरिएको जब्दीपुलको उद्धघाटन नहुँदै भासिएको हो । निर्माणका क्रममा कमसल सामग्रीको प्रयोग भएका कारण गत साउनमा आएको बाढीले पुलको ४ वटा पिल्लर भासिएको हो । निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सनलाई बनाउन आग्रह गर्दा पनि चासो दिएको छैन । पुल खस्ने अवस्थामा पुगेकाले सवारी साधनहरु आवत जावतमा समेत रोक लगाईएको छ । गुलरिया र बार बर्दिया नगपालिका जोड्ने सो पुल अलपत्र हुँदा स्थानीयलाई आवत जावत गर्न कठिन भएको छ ।

पुल निर्माणको क्रममा लापरबाही भएको भन्दै मध्य तत्कालिन पश्चिम सडक डिभिजन कार्यालय बाँकेलाई जानकारी गराउँदा समेत अनुगमनमा चासो नदिएको स्थानीयको भनाई छ ।

पुल निर्माण गर्ने पप्पु कन्स्ट्रक्सनका प्रोपाइटर हरीप्रसाद रौनीयार प्रदेश २ को सांसद बन्नु भएको छ । तर पुल बनाउन कम्पनी र सडक डिभिजन कार्यालयलाई पटक पटक आग्रह गर्दा पनि चासो नदिएको सो क्षेत्रका सांसदहरुको दाबी छ । पुल निर्माणमा भएको अनियमितता छानबिन गरेर तत्काल निर्माण कार्य अगाडी बढाउन सो क्षेत्रका स्थानीयले माग गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);