गुफामा चमेरो धेरै भएकोले चमेरो गुफा नाम | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

गुफामा चमेरो धेरै भएकोले चमेरो गुफा नाम

सदरमुकाम धादिङबेशीदेखी १८ किलोमिमटरको दुरीमा रहेको गुफामा चमेरो धेरै भएकोले चमेरो गुफा नाम राखिएको हो ।

chamere guffa

शिखा श्रेष्ठ
धादिङ, २० चैत । सदरमुकाम धादिङबेशीदेखी १८ किलोमिमटरको दुरीमा रहेको गुफामा चमेरो धेरै भएकोले चमेरो गुफा नाम राखिएको हो ।

सो गुफा केहिबर्ष अघि गोठालेले पत्ता लगाएको थिए । धादिङका अन्य गुफा र मन्दिरमा दर्शन र अवलोकन गर्नेको भिड लागेपनि चमेरो गुफामा कम पुग्ने गरेका छन् । गुफा भित्र शिव लिंग, हात्तीको सुँड र विभिन्न प्रकारका देवीदेवताका आकारहरु देख्न सकिने स्थानीयको भनाई छ ।

पर्यटनको प्रचुर सम्भावना भएपनि सो गुफाको संरक्षणमा कसैले चासो दिएका छैनन् । गुफाको संरक्षणका लागि राजनीतिक दल, स्थानीय तहका जनप्रतिनिधिले ध्यान दिनुपर्ने स्थानीय र आन्तरिक पर्यटकको भनाई छ ।

गुफा संरक्षणको लागि समिति पनि बनेको छ । तर समितिलाई मात्र गुफाको संरक्षण गर्न कठिन भएको छ । गुफासम्म पुग्नको लागि सडक पनि बनेको छैन । यदि सडक बनाएर प्रचार प्रसार गर्ने हो भने सो गुफामा बाह्य पर्यटक समेत भित्र्याउन सकिन्छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);