बजार क्षेत्रमा फ्रि वाइफाई सेवा | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

बजार क्षेत्रमा फ्रि वाइफाई सेवा

free wifi

दाङ, २० चैत । तुलसीपुर उपमहानगरपालिका ५ नम्वर वडा कार्यालयले बजार क्षेत्रमा फ्रि वाइफाई सेवा सुरु गरेको छ । कार्यालयले फ्रि वाइफाई सेवा सुरु गरेपछि स्थानीयले लाभ लिइरहेका छन् । फ्रि वाइफाई सेवाले कामकाम सहज भएको भन्दै वडा अध्यक्ष विरेन्द्र शाहले अन्य ठाउँमा पनि बिस्तारको तयारी गरिएको जानकारी दिए ।

नेटको फ्रि सेवा भएपछि व्यापार व्यावसाय सञ्चालन गर्न सजिलो भएको व्यावसायीको भनाई छ । एकैसाथ एक सय जनाले वाइफाई चलाउन सक्ने छन् । तुलसीपुरको बिपी चौकलाई केन्द्र बनाएर कार्यालयले चैत १४ गतेदेखि फ्रि वाइफाइ सेवा सुरु गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);