महानगरपालिकाको सबै वडा कार्यालयमा फ्रि वाइफाई सेवा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठमाडौँ, १ पौष। काठमाडौं महानगरपालिका आफ्ना वडा कार्यालयमा फ्रि वाइफाई सेवा सुरुवात गरेको छ ।

वडा कार्यालयमा आउने सेवाग्राहीलाई सूचना प्रविधिमा सहज हुने भएकाले यो सेवा सुचारु गरेको मेयर विद्यासुन्दर शाक्यले बताए ।

महानगरपालिकाले यसअघि नै सबै वडा कार्यालयहरुलाई सूचना प्रविधिमैत्री बनाउने घोषणा गरेको थियो । महानगरपालिकाले विभिन्न सार्वजनिक स्थानलाई पनि फ्रि वाइफाइ जोनका रुपमा विकास गर्न पनि तयारी गरिरहेको छ ।

यस भन्दा अघि महानगरपालिकाले अनलाइन नक्सा पास गर्ने व्यवस्था समेत मिलाइसकेको छ। यता रत्नपार्कलाई वाईफाई फ्रि जोन बनाइसकेको छ तर सेवा चुस्तरुपमा लागु भएको छैन।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);