काठमाडौंका ६ धार्मिक तथा पर्यटकीय स्थलमा फ्रि वाईफाई सेवा सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

काठमाडौंका ६ धार्मिक तथा पर्यटकीय स्थलमा फ्रि वाईफाई सेवा सुरु

free wifi

काठमाडौं, १७ भदौ । काठमाडौंको हनुमान ढोका, पशुपतिनाथ, स्वयम्भु, बौद्धलगायतका ६ वटा धार्मिक तथा पर्यटकीय स्थलमा फ्रि वाईफाई सेवा सुरु गरिएको छ । काठमाडौं महानगरपालिकाले आइतबारदेखि हनुमानढोका, पशुपतिनाथ, स्वयम्भू, बौद्ध, बालाजु बाईसधारा उद्यान र शंखपार्कमा फ्रि वाईफाई सेवा सुरु गरेको हो ।

वल्र्ड लिंकको साझेदारीमा शुभारम्भ गरिएको कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगरपालिकाको घोषित नीति अनुसार काठमाडौंको मुख्य ६ स्थानहरुमा फ्रि वाईफाई सेवा संचालनमा ल्याइएको बताए ।

यी क्षेत्रमा मोबाईलमा अटोमेटिक वाईफाई कनेक्ट हुने व्यवस्था गरिएको छ । सेवामा सबैको पहुँच पुगोस् भनेर एक पटक वाईफाई चलाउनेले ३० मिनेट सेवा लिएपछि सिस्टमले उसलाई त्यस दिन कनेक्सन हुनबाट रोक्नेछ । तर अर्को एक्सेस प्वाईन्टबाट सो सेवा लिन पाउने व्यवस्था गरिएको वल्र्ड लिंकका आयोजना प्रमुख लक्ष्मण यादवले जानकारी दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);