शहरका विभिन्न स्थानमा निःशुल्क इन्टरनेट सेवा सुचारु | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

शहरका विभिन्न स्थानमा निःशुल्क इन्टरनेट सेवा सुचारु

महानगरपालिकाले शहरका विभिन्न स्थानमा निःशुल्क इन्टरनेट सेवा सुचारु गर्ने भएको छ ।

internet

काठमाडौं, १८ चैत ।  महानगरपालिकाले शहरका विभिन्न स्थानमा निःशुल्क इन्टरनेट सेवा सुचारु गर्ने भएको छ ।

आइतबार काठमाडौं महानगरपालिका र वल्र्ड लिङ प्राइभेट लिमिटेडबीच निःशुल्क वाइफाई सेवाका लागि सम्झौता भएको हो । निःशुल्क वाइफाई सेवा सम्झौता भएको ६० दिन भित्र सञ्चालनमा आउने जनाइएको छ । सम्झौता अनुसार वल्र्ड लिङले पशुपति, स्यम्भू, बौद्ध, बसन्तपुर, शंखपार्क र बालाजु बाइसधारमा सेवा प्रदान गर्नेछ ।

वल्र्ड लिङ प्राइभेट लिमिटेडका निर्देशक बिजयकुमार जलानले प्रयोगकर्ताको बृद्धि सँगै आफ्नो सेवालाई विस्तार गर्दै लौजाने बताए । यो सम्झौता पाँच बर्षका लागी भएको जनाईएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);