आधुनिक प्रविधिबाटै कार्यक्षमताको मुल्यांकन हुने | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

आधुनिक प्रविधिबाटै कार्यक्षमताको मुल्यांकन हुने

काठमाडौं, २० चैत । सरकारले कार्यक्षमतामा प्रश्न नउठाउने गरी काम गर्न आवश्यक प्रविधि भित्र्याउने विषयमा छलफल सुरु गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति सचिव चन्द्रकुमार घिमिरेले कार्यक्षमतामा प्रश्न उठाउन नपर्नेगरी काम गर्न आवश्यक प्रविधि भित्राउने विषयमा विभिन्न मन्त्रालयहरुबीच प्रशस्त छलफल भईरहेको बताए ।

उनले गुणस्तरीय उत्पादनका लागि पनि आवश्यक प्रविधि भित्राउनै पर्ने अवस्था आएको स्पष्ट पारे । मंगलबार नेपाल आर्थिक पत्रकार समाजले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै सचिव घिमिरेले प्रविधिले रोजगारीको अवसर खोस्ने होकि भन्नेतर्फ पनि सचेत हुनुपर्ने अवस्था आएको उल्लेख गरे ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले प्रविधि नभएकै कारण नेपाल आर्थिक रुपमा कमजोर हुन पुगेको स्मरण गराए । उनले नेपालको प्रशासनिक क्षेत्र डराएकै कारण मुलुकको समग्र क्षेत्र पछि परेको पनि स्पष्ट पारे ।

अध्यक्ष शर्माले प्रविधिको क्षेत्रको विकासमा सरकारले प्रोत्साहन समेत दिन नसकेको गुनासो गरे । अध्यक्ष शर्माले विश्वमा प्रविधिले ठूल्ठूला फड्को मार्दा पनि सरकारले त्यस दिशामा ठोस योजना ल्याउन नसकेको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);