मेलम्ची खानेपानी आयोजनाको बाँकि काम छिट्टै समाधान हुन्छ : मन्त्री मगर | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

मेलम्ची खानेपानी आयोजनाको बाँकि काम छिट्टै समाधान हुन्छ : मन्त्री मगर

Bina-magar

काठमाडौं, ५ बैशाख । खानेपानी मन्त्री विना मगरले मेलम्ची खानेपानी आयोजनाको बाँकि काम अघि बढाउन देखिएको समस्या छिट्टै समाधान गर्ने बताएकी छन् । मन्त्री मगरले मेलम्ची खानेपानी आयोजनाको उचित व्यवस्थापन हुनेगरी अन्य कामलाई अघि बढाउन पनि मातहतका निकायलाई सचेत गराइन् ।

बिहीबार काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १४ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले काठमाडौं उपत्यकामा रहेका ढुंगेधारा, तलाउ, पोखरीहरुको संरक्षणको काममा जुटन पनि मातहतको निकायलाई निर्देशन दिइन् ।

मन्त्री मगरले काठमाडौं उपत्यकामा खानेपानीको व्यवस्थापनको काममा खटिएका निकायहरुले त्यसको सदुपयोग भए/नभएको विषयमा पनि विशेष निगरानी राख्नुपर्नेमा उनको जोड छ ।

कार्यक्रममा बोल्दै खानेपानी मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले गुणस्तरीय खानेपानीको व्यवस्थापन हुने गरी आवश्यक मापदण्डसहितको कानुन निर्माणको कामलाई अघि बढाइएको बताए । उनले जनताको स्वच्छ खानेपानी पिउने अधिकारलाई सुरक्षित गराउन आवश्यक प्रविधि भित्र्याउनुपर्नेमा पनि जोड दिए ।

सचिव शर्माले सन् २०३० भित्र ९० प्रतिशत जनताले उच्च तथा मध्यमस्तरको खानेपानी पिउन पाउनुपर्ने दीगो विकास लक्ष्य हासिल गर्न सरकार प्रतिवद्ध रहेको स्पष्ट पारे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);