बालुवाटार बेच्नेलाई कानुन संशोधन गरेर फाँसी दिनुपर्छ : नारायणमान बिजुक्छे (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत ८ २०८०, बिहीबार

काठमाडौं, ५  बैशाख । नेपालको राजनीतिमा एउटा महत्वपूर्ण घटना यसकारणले भएको छ कि प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ पुर्बधार विकासको सन्दर्भमा महत्वपुर्ण हुन्छ भनेका छन् । २०७५ मा कानुनहरु निर्माण गर्ने, बिधिहरु निर्माण गर्ने काम भएको छ र अब समृद्धिको सवालमा अघि बढ्न सक्छौ भनेर प्रधानमन्त्रीले आशा व्यक्त गरेका छन् । मंगलबार मात्रै प्रधानमन्त्री ओलीले भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङमार्गको ‘ब्रेक थ्रु’ भएको घोषणा गरेका छन् । समृद्धिको सवालमा सरकारले फड्को मार्दै छ भन्ने संकेत दिन खोजिएको छ । संगै नेपालले आज पहिलो पटक आफ्नो नानो स्याटेलाइट अन्तरिक्षमा पठाएको हो । सरकारले हरेक दिन जस्तो नयाँ घोषणा गर्दै अगाडी बढ्दा केहि घटना पनि सार्बजनिक भएका छन् जसले गर्दा सरकार विवादमा पनि परेको छ । बालुवाटार जग्गा प्रकरण विवादमा परेको छ र नेकपाकै नेताहरुले यस विषयमा छानबिन हुनुपर्छ भनेर मुख खोलेका छन् । सरकारले नयाँ वर्षमा दिनुपर्ने प्राथमिकता के हो ? सरकारले पुरा गर्नुपर्ने आधारभूत कुराहरु के रहेको छ र उसको ध्यान कहाँ छ ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेसंग गरेको कुराकानी हेर्नुहोस् :

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);